१६ चैत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जाने भएका छन् । ओली दोश्रो पटक प्रधानमन्त्री भए पछि पहिलो भ्रमण भारत वाट नै शूरुआत गर्ने भएका छन् । नाकावन्दीको वेला भारतको चर्को आलोचना गरेर राष्टवादी नेताको छवी वनाएका ओलीको पहिलो विदेश भ्रमणको रोजाई भारत नै भएको छ । ओलीको भ्रमणले व्यक्तिगत सम्वन्ध र दुई देशको संवन्ध सूधारमा मद्धत पूग्ने जनाईएको छ ।
नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका छन् । ओली २३ गते भारतको राजकीय भ्रमणमा जानेछन् र २५ गते फर्कनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । तर, दुई प्रधानमन्त्रीबीच हुने भेटको समय सार्वजनिक गरिएको छैन । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्नेछन् ।