१५ चैत्र

पैयू पर्वत, जिल्ला समन्वय समित पर्वत र पैयूगाउ पालिकाको आयोजनामा वूधवार हिजो अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थित सरकारी कार्यालयहरुले पैयू गाउपालिकामा गरेका गतिविधि , कार्य गर्ने प्रकृया र हाल सम्म भएका गतिविधिहरुको वारेमा जानकारी गराएका थिए ।


उक्त अन्तरकृयामा जिल्ला स्थित सवै विषयगत कार्यालयका प्रमूखहरुको उपस्थिति रहेको थियो । पैयू गाउपालिकाका वडा अध्यक्ष,लगायत सदस्यहरु सहित सरोकारवालाहरुको समेत उपस्थिति रहेको अन्तरकृयामा पैयू गाउपालिकामा काम गर्दा,परेका समस्या तथा कार्य विवरण वारे समिक्षा गरेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुले भूकम्म वाट पूर्ण क्षेति भएका घरधूरीहरुले दोश्रो किस्ताको रकम नपाएको,नाम परिवर्तन र पहिले वनिसकेका घरहरुले कसरी भूक्तानी पाउने भन्ने वारेमा गूनासो गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख मनोहर वि पौडेलले राज्यले दिएको स्थानिय तहको अधिकारलाई स्थानिय सरकारको रुपमा प्रयोग गर्न गाउपालिकालाई अनूराध  गर्नुभयो।  स्थनिय सरकार वलियो वनेमा मात्र संघियता सफल हूने धारणा राख्नूभयो । उहांले हिजो ४६ सालको परिवर्तन पछि राम्रो संविधान वनेको तर त्यसको सफल कार्यान्वयन नभएका कारण जनताको वितिष्णा फैलिएर अर्को क्रान्ति गर्नु पयो त्यस्तो स्थीति आउन नदिन हामीसवै सचेत हूनपर्नेधारणा राख्नूभयो ।


कार्यक्रममा प्रमूख जिल्ला अधिकारी राजेश पन्थिले पैयू गाउपालिकामा चाहे जति कर्मचारी पठाउन नसकिएको,कर्मचारीहरुको रोजाई पनि दुर्गममा अवस्थित गाउपालिकामा नपर्ने रहेका कारण पनि यस्तोहून गएको हो तर अव कूनै पनि हिसावले त्यस्तो रोज्न नपाईने, कूनै कर्मचरीले खटाएको स्थानमा गई काम नगरेमा तूरुन्त कार्वाही भोग्न तयर रहन निर्देशन दिनू भयो । तर आस्थाको आधारमा कूनै कर्मचारीहरु प्रति अन्याय भएमा त्यसको संरक्षण् आफूले गर्ने समेत वताउनूभयो । संघियता सफल वनाउन कर्मचारीहरुको ठूलो सहयोगको अपेक्षा राज्यले गरेको छ त्यसका लागी कर्मचारी तयार रहनू पर्ने कि त अवकास लिएर वस्नू पर्नेधारणा राख्नूभयो ।
पैयू गाउपालिका अध्यक्ष खगेन्द्र तिवारीले गाउपालिकामा यस्ताकार्यक्रम गर्नाले कार्यगर्नकर्मचारीहरुलाई थप हौसला हूने र हामीहरुलाई समेत योजना तर्जुमा गर्न मद्धत पूग्ने धारणा राख्नूभयो ।


त्यसै गरि उपाध्यक्ष जसमती गूरुडले पैयूक्षेत्र दुर्गम र विकट भएकाले राज्य केन्द्रले छुट्याउने योजनामा विभेद गरेको छ त्यसका लागीसवैले सहयोग गरेर दुर्गममाअवस्थित यसपैयू क्षेत्रलाईयोजना र विकासमा सहयोग गर्न आहन गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता पैयू गाउपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले गर्नु भएको थियो भने कार्यक्रमको उद्धेश्य र स्वागत जिल्ला समन्वयकारी विष्णू प्रसाद भूषालले गर्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला समन्वय समितिका वरिष्ठ सामाजिक पचिालक प्रकाश लम्सालले गर्नुभएको थियो ।