१५ चैत्र
महाशिला पर्वत, एस ई ई परिक्षाको अनूगमन गर्ने गर्नेक्रममा महाशिला गाउ पालिकाको महेन्द्रज्योति  मा.वि मा संचालित परिक्षाको अनूगमन भएको छ । हिजो वुधवार सामाजिक विषयको परिक्षा चलिरहेको अवस्थामा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल सहितको टोलिले अनूगमन गरि सूझाव समेत दिएको छ । परिक्षा हलमा पूग्दा विद्यार्थीहरुले शान्तवाताारण्मा परिक्षा दिएको,परिक्षा मर्यादित रहेको निरिक्षणको क्रममा देखिएको छ ।
उक्त परिक्षा केन्द्रमा जनविकास मावि वाट ४३ जना,सोधर्म मावि वाट १८ जना,वालारानी मावि वाट २३ जना र मदनआश्रीत मावि वाट ११ जना गरि ९५ जना छात्र छात्रा सहभागी भएको कूरा केन्द्रअध्यक्ष गोपाल प्रसाद शर्माले वताउनू भयो ।
उक्त केन्द्रमा केन्द्रअध्यक्ष सहित ७ जना निरिक्षकहरु रहेका छन् ।