१५ चैत्र
पैयू पर्वत,पैयू गाउंपालिका वडा नं.७ भोर्ले ईक्याडमा १५ जना सहभागीहरुका लागी संचालित २१ दिने स्तोउन्नती वूटिक तालिम वुधवार सम्पन्न भएको छ । तालिमको समापनको अवसरमा आयोजित कार्यक्रममा पैयू गाउंपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले धेरैले तालिमको माग गर्ने तर व्यवहारमा नउतार्ने गरेको पाईन्छ तर तपाईहरुले सिकेको सीपलाई व्यवहारमा उतार्न अनूरोध गर्दै गाउपालिकाले गर्न पर्ने थप सहयोगका लागी तयार रहेको धारणा राख्नूभयो । यो कार्यक्रममा सहयोग पूयाउने लघूउद्यम विकास कार्यक्रम,घरेलूतथा सानाउद्योग विकास समिति,चौतर्फी विकास श्रोत मञ्च पर्वत,ग्रामिण उद्यमशिलता विकास केन्द्र वाग्लुडलाई धन्यवाद दिनुभयो ।


कार्यक्रममा उप प्रमूख जसमती गूरुडले महिलाहरुले घरमा नै वसेर आपनो ईच्छा अनूसारको कपडामा वुटा भरेर लगाउनका लागी तथा थप कार्यगर्न सके आयआर्जन पनि हूनेभएकाले गाउंघरमा यो तालिम उपयूक्त रहेको धारणा राख्नू भयो । उहांले पक्कै पनि यहाका १५ जना महिलाहरुले आफूले सिकेको सिप आफूमा मात्र सिमित नराखी अरुलाई पनि हस्तान्तरण गर्न आग्रह गर्नु भयो ।


तालिमका सहभागिको तर्फवाट रक्षा विकले तालिममा सिकेको सिपलाई दैनिकजिवनमा उपयोग गर्ने गरि काम गर्ने धारणा राख्नूभयो ।
उक्त तालिम समापन कार्यक्रम पैयू गाउपालिका वडा नं. ७ का वडाअध्यक्ष भिम वहादूर गूरुडको अध्यक्षता, कार्यक्रम संचालन अन्जू क्षेत्रीले र २१ दिने तालिमको सहजिकरण विन्दू सूनारले गर्नुभएको थियो ।