१४ चैत्र

काठमाडौं । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा जातीयताको मु्द्दा उठाएर नेपालमा सामाजिक सद्भाव खलबल्याउन खोजिएको पनि गुनासो गरे ।

युरोपियन युनियनसहितका कूटनीतिक अधिकारीसमेत उपस्थित कार्यक्रममा उनले भने, ‘केहीले नेपालमा सामाजिक सद्भावमा खलबल्याउने कोशिश गरेका छन्’, प्रमले भने, ‘कसैले पनि एजेन्डामा नेपाली जनतालाई दुरुपयोग गर्ने कोशिश नगरुन् । यदि त्यस्तो कोशिश हुन्छ भने हामी सबै शक्ति र स्रोतका साथ विभाजन ल्याउन खोज्ने तत्वलाई हराउन तयार छौँ ।’