१२ चैत्र
पोखरा ,पर्वतका विकास लम्साल प्रदेश नं. ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

लम्साल नै पर्वतको पहिलो फुल  ( क्याविनेट ) मन्त्री समेत बनेका छन् । उनलाई सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीमा नियुक्त गरेका छन् ।

संविधानसभाको दोश्रो निर्वाचन २०७० मा पर्वत २ बाट विजयी बनेका लम्साल गत मंसिरमा सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा पर्वत प्रदेश क्षेत्र नं. २ ख बाट निर्वाचित भएका थिए । विकास लम्सालको  २०२६ जेष्ठ ३ गते

खानीगाउँ गाविस –२ पर्वतमा जन्म भएको हो । बुबा यज्ञप्रसाद र आमा गोमादेवीबाट जन्मेकालम्सालका दुई छोराछोरी छन् ।  त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शंकायमा स्नातकोत्तर गरेका लम्साल २०३८ सालमा भवानीविद्यापिठ मावि,

खानीगाउँमा अनेरास्ववियुको सदस्य भएर राजनीतिमा प्रवेश गरेका थिए ।२०४१ सालमा भएको शैक्षिक शुल्क वृद्धिको विरोधमा आन्दोलनको नेतृत्व गर्दा १७ दिन प्रहरी हिरासतमा रहेका लम्सालले

 २०४१ देखि ०४३ सम्म धौलागिरी अंचालाधिशको कार्यालयमा राजकाज सम्बन्धी मुद्दा खेपेका थिए  लम्साल पर्वत बहुमुखी क्याम्पस फलेवासमाअनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य हुदै प्रजातान्त्रिक

 राष्ट्रिय युवा संघको जिल्ला कमिटी कोषाध्यक्षमा निर्वाचित भएका थिए । २०४९ सालमा पृथ्वीनारायण  बहुमुखी क्याम्पस

, पोखराको स्वबियु सदस्यमा निर्वाचित भएका लम्साल २०६३ मा नेकपा एमाले पर्वतको छैटौ जिल्लाअधिवेशनबाट जिल्ला सचिव र २०६६ सालमा सम्पन्न सातौ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । लम्साल २०५४ को स्थानीय निर्वाचनमा निर्विरोध गा वि स अध्यक्ष बन्दै २०७० को संविधान सभाको

निर्वाचनमा पनि विजयी बनेका थिए ।