१० चैत्र
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भोलि (अाइतबार) कोशीका पाँच जिल्ला बन्दको अाह्वान गरेको छ । सुनसरी, मोरङ,धनकुटा र संखुवासभा बन्दको अाह्वान गरेको हो ।

प्रहरीले नेता-कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै विरोध स्वरुप एक दिने बन्दको अायोजना गरेको हो ।

प्रहरीले धनकुटाको हिलेबाट केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई, ब्यूरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्य बराल, धनकुटा इन्चार्ज अाकाश, सेक्रेटरी नवराज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरुलाई बैठक स्थलबाटै गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

त्यसैगरी सुनसरीबाट प्रहरीले ५ कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।

अनलाईन समचार सेवा वाट