१० चैत्र
काठमाडौं, गायिका आस्था राउत र ज्योति मगरबीच मिडिया र सामाजिक सञ्जालका माध्यमबाट घोचपेछ दोहोरी सुरू भएको छ ।

नेपालका विभिन्न ठाउँमा हुने मेला महोत्सवमा राम्रा गायक गायिकाको भन्दा अहिलेका उच्छृङ्खल गीतको माग बढेकोप्रति रोष प्रकट गर्दै आस्थाले फेसबुकमा स्ट्याटस लेखेपछि यो दोहोरी सुरू भएको थियो ।

मिडियामा उनीहरूको धारणाले कभरेज पाएपछि एकअर्कामा तिव्र घोचपेच सुरू भएको छ । दुवैले मिडिया र सामाजिक सञ्जालमा एकअर्कालाई व्यंग्य गरेका छन् ।

पछिल्लो पटक आस्थाले लेखिन्,‘म पनि डिमान्ड हुने कलाकार हुँ । तर अन्डर १८ ले सुन्नै नहुने दोहोरी एकोहोरीका प्रस्तुती दिने प्रविध्किो खुलेरै विरोध गर्नुपरेको छ । कलाकार आइडल हुने भएकाले राम्रो बनौं बोली र छाडापनमा लगाम लगाऔं भनेको हो । व्यक्तिगत त जे सुकै गर बालै फरर…।’

आस्थाले लेखेको यो स्ट्याटसमा पनि ज्योतिले प्रतिक्रिया जनाएकी छन् । उनले एउटा तस्बिर राख्दै लेखेकी छन्,‘मिडियाले कभर गर्न छाडेपछि फन्डा अपनाउनै परो । फेसबुकको वालमा भुकेको भुकै । कुन कलाकारलाई हेर्ने नहेर्ने भनेर दर्शकलाई थाहा छ । उहाँहरूको चिन्ता गर्न तिमी छाडिदेऊ ।’