१० चैत्र
कूश्मा पर्वत, कूश्मा नगरको ५ वर्षे उद्यम विकास रणनैतिक योजना निर्माणका लागी कार्य शूरु भएको छ । शूक्रवार एक समाहरोका विच १ दिने कार्यशाला गोष्ठिको शुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं सभा अध्यक्ष कूश्मा नगरपालिकाका उप प्रमूख सीता काप-ले लामिछानेले कार्यशाला गोष्ठिको उद्घाटन गर्दै कूश्मा नगरमा विद्यमान उद्यमीहरुको अवस्था र आगामी ५ वर्षमा नगरले गर्ने कार्यहरुको रणनिति तयार गर्नमा यस कार्यशाला गोष्ठि सफल हुने वताउनू भयो । नगरको अर्थिक समृद्धिका लागी नगर सरकारले अव सवै नागरीकलाई कूनै न कूनै उद्यम गर्नका लागी उत्प्रेरणा गर्ने धारणा राख्नू भयो । जव सम्म उद्योग व्यवसायको विकास हूदैन तव सम्म स्थानिय तह सवल र आत्मनिर्भर हून सक्दैन त्यसकारण नितिगत रुपमा कूश्मा नगरमा भएका संभावनाहरुलाई रणनैतिक योजनामा समावेस गरि कार्यान्वयन गर्दै गएमा छिटो नतिजा हासील गर्न सकिने कूरा वताउनू भयो । अव नगरवासीले केहि उद्यम गर्छू भन्ने ईच्छा लागेमा सिप र श्रोत नगरले व्यवस्था गर्ने धारणा राख्नू भयो ।


कार्यक्रममा कुश्मा नगरका प्रशासकिय अधिकृत सूवास कूमार लामिछानेले स्थानिय निकायको निर्वाचन सम्पन्न भईसकेकाले अव जनप्रतिनिधिहरुको हातमा महत्वपूर्ण जिम्मेवारी आएकाले नितिगत रुपमा वार्षिक वजेटको व्यवस्था गरि उद्यम विकासको प्रवर्धन र यहांका नागरीकहरुलाई आर्थिक रुपमा स्वावलम्वी वनाउनका लागी महत्वपूर्ण कदम चाल्नूपर्ने धारणा राख्नू भयो ।
उक्त कार्यशाला गोष्ठिमा फिल्डलायन्सर डा योगेन्द्र रिजालले रणनैतिक योजना तर्जुमाका तरिका,यस्को प्रभाव र कार्यान्वयनमा ध्यानदिनूपर्ने कूराहरको वारेमा सहजिकरण गर्नु भएको थियो ।

लघूउद्यम विकास कार्यक्रमका करुणा पूलामी मगरले मेड्पा मोडल अनूसार काम गर्ने तौर तरिकाको वारेमा जानकारी गराउनू भएको थियो । पर्वत जिल्लामा हाल सम्म ३४०३ जना लघूउद्यमी रहेको जानकारी गराउनू भएको थियो ।

कार्यशालामा घरेलू तथा साना उद्योग विकास समिति पर्वतका कार्यालय प्रमूख विष्णू प्रसाद न्यौपाने, जिल्ला समन्वय समिति पर्वतका कार्यक्रम अधिकृत तूलसीराम शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष एवं सेवा प्रदायक संस्था सिडिआरफ् आरईडिसीका गणेश वहादूर क्षेत्री,सामूदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटा, ,डिमेघाका कार्यक्रम संयोजक सीता शर्मा लगायतले धारणा राख्नू भएको थियो ।
कार्यशाला गोष्ठिको संचालन कूश्मा नगरपालिकाका कार्यालय सहायक लाल प्रसाद शर्माले गर्नु भएको थियो । उक्त ५ वर्षे रणनैतिक योजना वनाउनका लागी व्राईटर फिउचर कम्पनी काठमाडौंले सहजिकरण गरिरहेको छ । कार्यक्रममा सवै वडाका अध्यक्ष तथा उद्यमीहरुको सहभागीता रहेको थियो ।