९ चैत्र
पातिचैर पर्वत, जिल्ला समन्वय समित पर्वत र मोदीगाउ पालिकाको आयोजनामा विहिवार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थित सरकारी कार्यालयहरुले मोदी गाउपालिकामा गरेका गतिविधि र कार्य गर्ने प्रकृया र हाल सम्म भएका गतिविधिहरुको वारेमा जानकारी तथा समिक्षा गरेका थिए ।


मोदि गाउपालिकाको प्रथम वर्षको परिषद सम्पन्न भए पछि पहिलो पटक आयोजना भएको उक्त अन्तरकृयामा जिल्ला स्थित सवै विषयगत कार्यालयका प्रमूखरुको उपस्थिति रहेको थियो । मोदि गाउ।पालिकाका वडा अध्यक्ष,लगायत सदस्यहरु सहित सरोकारवालाहरुको समेत उपस्थिति रहेको अन्तरकृयामा मोदी गाउपालिकामा काम गर्दापरेका समस्या तथा कार्य विवरण वारे समिक्षा गरेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुले भूकम्म वाट पूर्ण क्षेति भएका घरधूरीहरुले दोश्रो किस्ताको रकम नपाएकोमा गूनासो गरेका थिए ।

उक्त कार्यक्रममा प्रमूख अतिथि जिल्ला समन्वय समितिका प्रमूख मनोहर वि पौडेलले राज्यले दिएको स्थानिय तहको अधिकारलाई स्थानिय सरकारको रुपमा प्रयोग गर्न गाउपालिकालाई अनूराध गरे । उनले संघिय सरकार,प्रदेश सरकार र स्थानिय सरकार मिलेर संघियता सफल वनाउनूपर्नेमा जोड दिए । गाउपालिामा कर्मचारीको खटनपटन देखि विषयगत कार्यालयहरुको वारेमा समन्वय गर्नुपरेमा जिल्ला समन्वय समति तयार रहेको धारणा राखे ।


कार्यक्रममा जिल्ला स्थित सवै विषयगत कर्यालयहरुले आपूले कार्य गर्ने तौरतरिका र प्रगतिको वारेमा कार्यक्रम प्रस्तूतिकरण गरेका थिए ।
महिला विकास कार्यालय र जिल्ला कृषि विकास कार्यालयले कार्यक्रम हस्तान्तरण समेत गरेका थिए ।
कार्यक्रमको अध्यक्षता मोदी गाउपालिकाका अध्यक्ष प्रेम प्रसाद पौडेलले गरेका थिए भने कार्यक्रमको उद्धेश्य र स्वागत जिल्ला समन्वयकारी विष्णू प्रसाद भूषालले गरेका थिए । कार्यक्रमको संचालन जिल्ला समन्वय समितिका वरिष्ठ सामाजिक पचिालक प्रकाश लम्सालले गरेका थिए । जिल्लाका ७ वटै स्थानियतहमा उक्त अन्तरकृया कार्यक्रम संचालन गर्ने कूरा जिल्ला समन्वय अधिकारी विष्णू प्रसाद भूषालले जानकारी दिए ।