७ चैत्र
सचिन्द्र श्रेष्ठ,बागलुङ संघिय प्रतिनिधि सभामां राष्ट्रिय जनता दल बाट हिराशतमा अाराेपित संसद रेशम चाैधरीलाई नछाड्न र हिरासतमां सपथ ग्रहण गराउने तयारी नेपाल सरकारकाे तयारी रहेकाे समाचार संप्रेशित भएकाेमां अधिकारबादी संस्था, नागरीक संजाल, र द्दन्दपिडितहरुले बाग्लुङमा ध्यानकर्षण भएकाे छ ।

हिंसा भड्किय पछि रेशम चाैधरीकाे कैलाली टिकापुरमा एक नाबालक सहीत ७ जना निर्मममतापुर्वक हत्या भएकाे दाेषि ठहरीयका मुख्य अाराेपित रेशम चाैधरी भने फरार भएकाे तर १४ जनालाई कैलाली जिल्ला अदालतकाे अादेश अनुसार थुनामा रहेका र भुमिगत अवस्थामै भूमिगत रहेर प्रतिनिधि सभाकाे सांसदमा चुनाब लडेर निर्वाचित भएका थिए। यहि फाल्गुन १४ गते कैलाली जिल्ला अदालतमा अात्मसमर्पण गरि न्यायिक हिराशतमा राख्ने अादेस अदालतले नेपाल सरकार लाई दिएकाेले अादेशकाे प्रतिकुल हुने गरि र न्यायिक मर्यादा बिपरीत कुनै पनि कदम नचाल्न नेपाल सरकार लगायत सबै सजग रहन ध्यानकर्षण गरिएकाे बिज्ञप्ति मा उल्लेख छ |

सत्कर्म नेपाल, साझेदारी नागरीक संजाल र द्दन्दपिडित समाज बाग्लुङले एक बिज्ञप्ति प्रकाशित गरि सम्मानित अदालतकाे अादेश पालना गराउन, कानुनि शासनकाे सर्बाेच्चताकाे अात्मसाथ गर्न सरकारकाे दायित्व भएकाेले संचार माध्याममा देखिएकाे अासयले कानुनि शासनकाे अाधारभुत मान्यता स्थापित गर्न सरकार र संसद दुबै चुक्न नहुने उल्लेख गरिएकाे छ ,कुनै पनि अपराधिक कार्यलाई राजनितिक साैदाबाजिकाे रुपमा नलिन र न्याय प्रकृया अहरणिय नैसर्घिक अधिकार भएकाे र संबिधानमा समेत पिडितकाे अधिकार माैलिक हकमै समाबेश गरिएकाेले यसकाे संरक्षण र पालना गर्ने दायित्व सरकार र सम्बन्धित सराेकारवाला निकाय लाई सचेत हुन ध्यानाकर्षण गरिएकाे जनाएकाे छ ।

राज्यले न्यायपालिकाकाे सर्बाेच्चता र संसदकाे गरिमामा अाच अाउने कदम नचाली हिरासतमा रहेकाे निज चाैधरीलाई नछाड्न तथा सांसद जस्ताे गरिमामय पदासिन नगर्न हार्दिक अाब्हान समेत गरिएकाे छ ,ध्यानकर्षण पत्रमा धाैलागिरीकाे बाग्लुङमा रहेकाे अधिकारकर्मि एवं नागरिक संस्थाकाे अभियन्ता सिताराम थापा, द्दन्दपिडित अगुवा हरी सुवेदी, महिला मनब अधिकार रक्षक ज्ञानिदेबि थापा मगर द्वारा हस्ताक्षर गरिएकाे बिज्ञप्तिमा उल्लेख छ।