६ चैत्र

बलिउड अभिनेत्री श्रीया शरणले रुसी ब्याइफ्रेन्ड आन्द्रेई कोसेचिवसँग गुपचुपमा बिहे गरेको खबर सार्वजनिक भएको छ ।

पछिल्लोपटक दृश्यम् फिल्ममा अजय देवगणकी पत्नीको भूमिका निर्वाह गरेकी श्रीयाले १२ मार्चमै बिहे गरेको भारतीय अनलाइन मिडियाको दाबी छ ।

श्रीयाको बिहेमा बलिउडका केही सीमित कलाकर्मी मात्र सहभागी थिए । थुप्रै साउथ इन्डियन फिल्ममा अभिनय गरेकी श्रीयाले मुम्बईको लोखन्डेवालास्थित अपार्टमेन्टमा बिहे गरेको बताइन्छ ।

उनको बिहेमा सवाना आजमी, मनोज बाजपेयीलगायतलाई मात्र बोलाइएको थियो । श्रीयाले आफ्नो बिहेलाई गोप्य राख्न चाहेकाले त्यसो गरेकी हुन् । उनीहरू हिन्दू संस्कारअनुसार बिहे गरेको बताइएको छ ।

श्रीयाका पति आन्द्रेई राष्ट्रियस्तरका टेनिस खेलाडीका साथै चर्चित रुसी व्यापारी हुन् । श्रीया आफ्नो निजी जिन्दगीबारे मिडियासँग कुरा गर्न मन पराउँदिनन् । त्यसैले उनले गुपचुपमा बिहे गरेको दाबी भारतीय सञ्चारमाध्यमको छ ।