टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ संसद सदस्यको शपथ गराउने तयारी भएको छ ।

सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेताहरुसँग छलफल थालेको छ । राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको  छ ।

राजपा नेताहरुले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो ।

शपथको वातावरण मिलाउन नै चौधरीलाई कैलाली कारागारबाट काठमाडौं ल्याइएको छ ।

उक्त घटनाका अफन्तहरुले चर्को विरोध गरेका छन् । अपराधीक घटनाका दोषीलाई राजनैतिक आवरणमा उन्मूक्ति दिन नहूने माग गरेका छन् ।