५ चैत्र

पर्वत ।  उद्योग बाणिज्य संघ पर्वतको अध्यक्षमा केदारनाथ शर्मा विजयी हुनुभएको छ । बामगठवन्धनको समर्थनमा उम्मेदवार भएका शर्माले जम्मा खसेको मत  एक हजार ३ सय ७८ मध्ये ८१५ मत ल्याएर बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी लेखनाथ शर्माले ४५७ मत ल्याएर पराजित हुनुभयो । उहाँहरुका बीचमा ३५८ मतको अन्तर रहेको छ ।

महिला सदस्यमा प्रमिला शर्माले ६७८ मत र चन्द्रकला शर्माले ६३० मत ल्याएर विजयी हुनुभयो । सदस्यहरुमा ठाकुर वि. पौडेलले ७६४, रमेश शर्मा लामिछाने ७५६, सागर श्रेष्ठ ७३०, राजन गुरुङ ७०९, तिला गिरी ७००, कमलवहादुर जिसी ६९०, सुनिल भुसाल ६८४, गणेश लामिछाने ६८०, राजनकुमार जोशी ६७१, शेरवहादुर चोचाङगी ६७०, कृष्णप्रसाद भुसाल ६६६। मिनप्रसाद शर्मा ६६२, विकास विश्वकर्मा ६५८, चित्रबहादुर अधिकारी ६४६, नारायणप्रसाद शर्मा ६४३, मानसिँह भण्डारी ६४१, जगन्नाथ अधिकारी ६३४, कृष्णप्रसाद रेग्मी ६२०, दिपक अधिकारी ६१५, शिव शर्मा पौडेल ६०० मत ल्याएर विजयी हुनुभयो ।

पराजित हुनेहरुको मतपरिणाम अनुसार शम्भुकुमार जोशी ५५२, रामकृष्ण सार्कि विनामारे ५८२, दिपेन्द्र गिरी ५७७, भिमवहादुर नेपाली ५५६, कृष्णप्रसाद शर्मा ५४५, शिव श्रेष्ठ ५४३, योगराज गिरी ५४२, रविकुमार श्रेष्ठ ५३९, राजेन्द्र कर्माचार्य ५३७, कृष्णबहादुर मल्ल ५३५, कमलनारायण जोशी ५१६ मत ल्याएर पराजित हुनुभयो ।

त्यस्तै सुवबहादुर क्षेत्री ५०२, चित्रवहादुर क्षेत्री ५००, रामु शर्मा ४९९, धनपती आचार्य ४८५, हेम शर्मा पौडेल ४६४, महमद नसिव मियाँ ४६०, चित्रलाल रेग्मी ४०१ मत ल्याएर पराजित हुनुभएको छ । विजयी हुनेहरुलाई निर्वाचन अधिकृत डिल्लीराम शर्माले प्रमाणपत्र वितरण गर्नुभयो । उद्योग बाणिज्य संघको बिधान अनुसार अध्यक्षका निकटतम् प्रतिस्पर्धी पदेन सदस्य हूने व्यस्था वमोजिम  लेखनाथ शर्मालाई संघको सदस्यमा निर्वाचित हूनूभएको हो ।  पर्वत उद्योग वाणिज्य संघमा जम्मा १ हजार ५ सय ८७ जना सदस्य रहेका छन् ।