४ चैत्र
जलजला पर्वत, जलजला गाउंपालिकाको ५ वर्षे उद्यम विकास रणनैतिक योजना निर्माणका लागी कार्य शूरु भएको छ । आज एक समाहरोका विच एक दिने कार्यशाला गोष्ठिको उद्घाटन जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर वि पौडेलले गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले अर्थिक समृद्धिका लागी स्थानिय सरकारले अव सवै नागरीकलाई कूनै न कूनै उद्यम गर्नका लागी उत्प्रेरणा गर्नु पर्ने धारणा राख्नू भयो । जव सम्म उद्योग व्यवसायको विकास हूदैन तव सम्म स्थानिय तह सवल र आत्मनिर्भर हून सक्दैन त्यसकारण नितिगत रुपमा जलजलामा भएका संभावनाहरुलाई रणनैतिक योजनामा समावेस गरि कार्यान्वयन गर्दै गएमा छिटो नतिजा हासील गर्न सकिने कूरा वताउनू भयो ।

कार्यक्रमका अध्यक्ष तथा जलजला गाउंपालिकाका अध्यक्ष यम वहादूर मल्लले अव जलजला गाउंपालिकाले नितिगत रुपमा वार्षिक वजेटको व्यवस्था गरि उद्यम विकासको प्रवर्धन र यहांका नागरीकहरुलाई आर्थिक रुपमा स्वावलम्वी वनाउनका लागी महत्वपूर्ण कदम चाल्ने धारणा राख्नू भयो । हामीहरुलाई विभिन्न सहयोगी निकायहरुले रणनैतिक योजना तर्जुमा र विधि वनाउने काममा पहिलो वर्ष सहयोग पू-याएमा दोश्रो वर्ष त्यसलाई कार्यान्वयन गर्दै नतिजा हासील गर्न सक्षम हूने वताउनु भयो । जलजला उद्यमी व्यवसायीहरुको उद्गम थलो भएका कारण पनि अव वन्ने रणनितिक योजनाले नागरिकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याउने धारणा राख्नू भयो ।
उक्त गोष्ठिमा जलजला गाउंपालिकाका प्रशासकिय अधिकृत कृष्ण प्रसाद गौतम,घरेलू तथा साना उद्योग विकास समिति पर्वतका कार्यालय प्रमूख विष्णू प्रसाद न्यौपाने,लघूउद्यम विकास कार्यक्रमका करुणा पूलामी मगर,जिल्ला समन्वय समिति पर्वतका कार्यक्रम अधिकृत तूलसीराम शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष एवं सेवा प्रदायक संस्था सिडिआरफ् \आरईडिसीका गणेश वहादूर क्षेत्री,सामूदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटा,व्राईट प-यूचर प्रा लि का सूदिप पोख्रेल,डिमेघाका कार्यक्रम संयोजक सीता शर्मा लगायतले धारणा राख्नू भएको थियो ।
गोष्ठिको अध्यक्षता जलजला गाउंपालिकाका अध्यक्ष यम वहादूर मल्ल रामकृष्णले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत वडा नं. ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी रवीले गर्नु भएको थियो । कार्यक्रममा सवै वडाका अध्यक्ष तथा उद्यमीहरुको सहभागीता रहेको थियो ।