४ चैत्र

पर्वत । पर्वत उद्योग बाणिज्य संघको १६ महाधिवेशनबाट अध्यक्ष पदमा केदरनाथ शर्मा विजयी भएका छन् । शर्माले आफ्ना प्रतिद्वन्द्वीलाइ झण्डै ४ सयको मतान्तरले पराजय गरेका हुन् ।

कुल मतको ८१० प्राप्त गरी केदरनाथ शर्मा विजयी हुदाँ उनको निकटम प्रतिद्वन्द्वी लेखनाथ शर्माले ४२३ मत पाए ।

उवासघमा बामगठबन्धनको तर्फदेखि उम्मेदवार बनेका केदरनाथ शर्मा संभवत सवैभन्दा सानो उमेरमा अध्यक्ष पदमा पुगेका हुन् ।
विजयी भएपछि उनले संक्षित प्रतिक्रिया दिदै अबको तिन महिनाभित्र आफूले गर्ने कामहरुको रुपरेखा तयार पारी प्रस्तुत गर्ने बताएका छन् ।
उद्योग बाणिज्य संघलाइ राजनीतिक आस्थाको थलोका रुपमा नभइ विशुद्ध व्यापारीहरुको थलोका रुपमा विकास गर्दै सवै व्यवसायीहरुको हक हितका लागि आफूले काम गर्ने बताएका छन् ।