४ चैत्र

सचिन्द्र श्रेष्ठ,बागलुङ ग्रामिण भेगका महिलाहरुकाे जीवन स्तर उठाउन र अार्थिक समृद्दिकाेे लागि सहकारिका सदस्यहरुले खेल्नु पर्ने भुमिका बारे क्षमता बिकास गर्न छलफल कार्यक्रम तथा हुईल चियर सहयाेग कार्यक्रम बाग्लुङमा सम्पन्न भयाे।

सत्कर्म नेपाल र अामा मिलन बचत तथा ऋण सहकारी संस्थाकाे संयुक अायाेजनामा सहकारीकाे सदस्यहरु लाई लक्षीत गरि गरिएकाे छलफल कार्यक्रममा सत्कर्म नेपाल का अभियन्ता एवं अधिकारकर्मि सिताराम थापाले बर्तमान सन्दर्भमा महिला सहकारीकाे महत्व, भुमिका र जिम्मेवारी तथा सामुहिक दायित्व बारेमां अभिमुखिकरण गर्नु भयकाे थियो ।

उहाले राज्यकाे तीन खम्बे नीति अनुसार महिलाहरुकाे लागि अार्थिक स्तर माथि उठाए मात्र समाजिक र राजनितिक मर्यादास्तरमा महिलाहरुकाे पहुंच बृद्दि हुने कुरामा जाेड दिनु भयाे , सहकारी उप समितिकाे सदस्य गुमा छन्यालकाे बुबा लाई हिडडुल गर्न सहज हाेस भन्ने उधेश्यले सत्कर्म नेपालकाे तर्फ बाट निर्देशक यवं अभियन्ता सिताराम थापाले यउटा हुईल चियर हस्तान्तरण गर्नु भयाे ।

समाराेहमा सहकारीकाे ऋण समिति, लेखा समिति र शिक्षा समिति समेत गठन गरिएकाे सहकारीकाे उपाध्यक्ष लिलावति के. सि ले बताउनु भयाे! सहकारीकाे अध्यक्ष कल्पना चालिसेकाे अध्यक्षता स्वागत तथा संचालन सचिब ज्ञानिदेबि थापा मगरले गर्नु भएकाे थियाे |