संजय रेग्मी
चैत ३, २०७४
पर्वत ः पर्वत उद्योग बाणिज्य संघको निर्वाचन शनिबार बिहान ८ बजेबाट शुरु हँदै छ।
निकै प्रतिस्पर्धात्मक बन्न सक्ने मानिएको निर्वाचनमा बाम र लोकतान्त्रिक प्यानल चुनावी मैदानमा छन। बाम गठबन्धनको पक्षबाट बर्तमान कार्यसमितिका बाणिज्य उपाध्यक्ष केदारनाथ शर्मा र लोकतान्त्रिक प्यानलबाट पूर्व प्रथम उपाध्यक्ष लेखनाथ शर्मा अध्यक्ष पदको लागि चुनावी मैदानमा छन।
अध्यक्ष सहित २३ जना सदस्यका लागि हुने निर्वाचनमा दुवै समुहवाट गरी ४४ जनाको उम्मेदवारी परेको छ। बिहान ८ बजेबाट शुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म चल्ने र मतदान सकिएलगत्तै मतगणना शुरु गरिने निर्वाचन अधिकृत डिल्लीराम शर्माले जानकारी दिनुभयो।
अति तिब्र प्रचारप्रसार गरेका दुवै समूहले जित आप्mनो पक्षमा रहेको दावी गरेका छन।  अध्यक्ष पदका उम्मेदवार केदारनाथ शर्माले आँपूmले जितेमा मात्र व्यावसायीहरुको हित हुने र त्यसैका लागि आँपूm उम्मेद्वार बनेको बताउनुभयो । शर्मा भन्नुहुन्छ, ‘मलाई राजनीतिक रुपमा नहेरी सबै दलका व्यवसायीहरुले पूर्ण समर्थन गर्ने बताउनुभएको छ। मलाई नै उहाँहरुले मत दिनुहुनेछ किनकी म उहाँहरुको हितमा गर्नकै लागि उम्मेद्वार बनेको हुँ। संघीयताका कारण घट्दै गएको कुश्मा बजारको व्यापार व्यावसाय प्रवद्र्धनका लागि पनि मैले उम्मेद्वारी दिएको हुँ।’
यस्तै, अध्यक्षका अर्का प्रतिस्पर्धी लेखनाथ शर्माले पनि जित आप्mनो पक्षमा रहेको भन्दै ढुक्क देखिएका छन। बजारमा व्यवसाय शुरु गरेको २० बर्षको अवधिमा आँपूmले कसैलाई नराम्रो नगरेका कारण व्यक्तिगत रुपमा बाम गठबन्धनलाई समर्थन गर्ने व्यवसायीले समेत आँपूmलाई मत दिने उनको तर्क छ। शर्मा भन्छन, ‘मैले दुई दशकदेखि इन्मान्दारपुर्वक गरेको व्यावसाय र उद्योग बाणिज्य संघमा रहेर व्यापारिक प्रवद्र्धनमा गरेको योगदान सबैले देख्नुभएको छ। एक कार्यकाल प्रथम उपाध्यक्ष भएर जिम्मेवारी सम्हाल्दा व्यावसायमैत्री बातावरण, कर प्रणालीमा सहुलियत, सुरक्षाको प्रत्याभूति जस्ता अनुभव सबैले गर्नुभएको कारण पनि मेरो जीत निश्चित छ।’
पर्वत उद्योग बाणिज्य संघमा १ हजार ५ सय ८६ जना व्यावासायीहरु आवद्ध छन।