३ चैत्र

काठमाडौं, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन् । शुक्रबार वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन् ।

उनले १८ दिनपछि अनशन तोडेका हुन् । थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । गृहमन्त्री बादलले मुद्दा फिर्ता र अदालती प्रक्रियाबाहेक अन्य मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले अनशन तोडेका हुन् ।