२ फागून
काठमाडौं । एनसीसी बैंक ( नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड ) का चार दर्जन अधिकृत केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीको नियन्त्रणमा परेका छन् ।

बैंकमा डेढ अर्व रुपैयाँ बराबरको घोटाला गरेको आरोपमा एनसीसीका विभिन्न बैंकमा कार्यरत सीइओसहितका चार दर्जन लोन अधिकृतहरुलाई सीआईबीले नियन्त्रणमा लिएको हो ।

यसअघि एनसीसी बैंकमा मर्ज भएको नेपाल श्रीलंका मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा कार्यरत रहेका उनीहरुलाई पक्राउ परेका हुन् । उनीहरुले बैंकमो एक अर्व ३० करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।

कर्जा दिने क्रममा तोकिए भन्दा दोब्बर बढी रकम निकासा गरी उनीहरुले घोटाला गरेको आरोपमा सीआइबीले पक्राउ गरेको हो ।

सीआईबीले पक्राउ गर्नुअघि एनसीसी बैंकको बागबजारमा रहेको केन्द्रीय कार्यालयमा बोर्ड बैठक बसेको थियो । हाम्राकूरावाट