१ चैत्र

शान्ति सुबेदी ,रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन ट्राफिक सचेतना मुलक तथा लागुपदार्थ दुब्यसन सम्बन्धी कार्यक्रम गरेको हो । विहीबार नवजागृत बहुमुखी क्याम्पस मोदीगाँउपालिका ६ तिलाहारमा क्लबले सप्ताहव्यापी कार्यक्रम अन्र्तरगत तेस्रो दिन ट्राफिक सचेतना मुलक तथा लागुपदार्थ दुब्यसन सम्बन्धी कार्यक्रम गरेको हो । कार्यक्रममा निल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले दुर्घटना सम्बन्धी प्रशिक्षण दिनुभयो ।

त्यसैगरी समुदायक सेवा केन्द्रका पुर्णिमा थापा ,प्रहरी सहायक निरिक्षक भुवन बराले लागु पदार्थ दुब्र्यसन सम्बन्धी काम कारबाही बारे जानकारी गराउनुभयो । कार्यक्रमका प्रमुख अतिथि मोदीगाँउपालिका अध्यक्ष प्रेम शर्मा पौडेले सचेतना मुलक कार्यक्रम विद्यार्थी भाईबहिनीहरुको लागि आवश्यक भएको जानकारी गराउनुभयो ।

मोदीगाँउपालिका वडा २ का अध्यक्ष विकास तिमिल्सिना, नवजागृत बहुमुखी क्याम्पस प्रमुख रुचिला सपकोटाले ट्राफिक सचेतना मुलक तथा लागुपदार्थ दुब्यसन सम्बन्धी कुराहरु थाहा पाउन पर्ने र दुर्घटना बाट बच्ने,बचाउने तर्कहरु ब्यतm गर्नुभयो । सप्ताहव्यापी कार्यक्रमका बारे क्लबका उपाध्यक्ष गणेश पैडेलले प्रकाश पार्नुभयो । सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन ट्राफिक सचेतना मुलक तथा लागुपदार्थ दुब्यसन सम्बन्धी कार्यक्रमे संयोजक शान्ति सुबेदीले स्वागत मनतव्य राख्नुभयो ।

त्यस्तै रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष मिलन पौडेलको अध्यक्ष्तामा कार्यक्रम समापन गरीएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव अमृत पोख्रेलले गर्नुभयो । चौथो दिन रोट्क्याट र स्थानीय जनप्रतिनिधिहरुसँग मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको छ । जसको संयोजक अर्जुनराज पुरी रहनुभएको छ ।