१ चैत्र
पर्वत–उद्योग बाणिज्य संघमा आगामी अध्यक्ष पदका उम्मेदवार लेखनाथ शर्माले पर्वत उद्योग बाणिज्य संघलाई जिल्लाका २ नगरपालिका र ५ गाउँपालिका स्तरमा विकेन्द्रित गर्ने र जिल्लामा सबै तहमा सञ्चालित व्यवसाय प्रवर्दन र संरक्षणका लागि लागीपर्ने बताउनुभएको छ । उहाँले ग्रैह व्यवसायीहरुले व्यवसायीको हितमा काम गर्न नसक्ने भएकाले सदस्यहरुलाई सचेत हुन आग्रह गर्नुभयो ।

आफ्नो प्यानलमा विशुद्ध व्यवसायीहरु मात्रै रहेको शर्माले दावी गर्नुभयो । सक्षम नेतत्वको अभावमा पर्वतमा व्यवासायको गरिमा माथि उठ्न नसकेको र व्यवसायी संधै करले आतकिंत हुनुपरेको औल्याउनुभयो । परम्परागत व्यवसायको आधुनिकता, पर्यटन प्रवर्दन, कृषि, पर्वतका सबै नगरापलिका र गाउँपालिकामा रहेका व्यवसायीहरुको संरक्षण गर्न आफु सक्षम रहेको बताउनुभयो । उहाँले अहिले देखिएको समस्यालाई समाधान गर्दै सबैलाई एकजुट वनाएर लैजाने बताउनुभयो । एकजुट भएर चुनावमा लागेको बताउँदै यसपटक आफ्नो प्यानल जितको नजिक रहेको बताउनुभयो । शर्माले चुनाव जित्नु र हार्नु भन्दा पनि पर्वतका व्यवसायीहरुको हितमा गर्ने कामलाई बढि महत्व दिइएको बताउनुभयो । उद्योग बाणिज्य संघको प्रथम उपाध्यक्ष भएर काम गरिसकेको अनुभवका कारण धेरै उद्योगी व्यवसायका मर्का आफुले वुझेको लेखनाथले बताउनुभयो ।

शर्माको समूहमा मानसिंह भण्डारी,राजन कूमार जोशी, कृष्ण प्रसाद शर्मा, दिपेन्द्र गीरी,योगराज गीरी,शिव श्रेष्ठ,शिवशर्मा पौडेल, महम्मद नसीव मियां,शम्भू कूमार जोशी,राजेन्द्र कर्माचार्य,रामू शर्मा,हेम शर्मा पौडेल,रवि कूमार श्रेष्ठ,धनपती आचार्य,कमलनारायण जोशी,चित्र वहादूर क्षेत्री,चित्र लाल रेग्मी,कृष्ण वहादूर मल्ल,महिला सदस्यमा पशूपती कार्की शर्मा र शोभा आचार्य शर्मा सदस्यका उम्मेदवार रहेका छन् ।
लेखनाथका जित्ने आधारहरु 
–    पर्वत उद्योग वाणिज्य संघमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई पूर्ण व्यवसायिक बनाउन आवश्यक पहल गर्ने ।
–    व्यवसाय दर्ता, नविकरण, संघको सदस्यता, सिफरिस लगायतका कानुनी प्रकृयामा सहयोग एंव व्यवसायिकहरुको संरक्षण र सम्वद्र्धनका लागि हरेक नगरपालिका तथा गाउँपालिकामा उपशाखा स्थापना र व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने । हाल रहेका जलजला उपशाखाको भवन निर्माणका लागि सहयोग गर्ने ।
–    उद्योग वाणिज्य संघले हाल लिँदै आएको सदस्यता, नविकरण र सिफरिस शुल्क ५० प्रतिशत कम गर्न पहल गर्ने एंव अतिथी सत्कार लगायतका क्षेत्रमा हुने फजुल खर्चलाई न्यूनिकरण गर्ने ।
–    कर प्रणलीलाई सरल र सुलभ बनाउन सदस्यहरुमा कर शिक्षा अभियान सञ्चालन गर्ने एवं सम्वन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्ने ।
–    जिल्लाका साना व्यवसायीहरुलाई प्राविधिक तथा आर्थिक श्रोत व्यवस्थापनमा सहयोग गर्ने तथा उत्पादनमा सहयोग गर्ने तथा उत्पादनमुलक उद्योग व्यवसाय स्थापना र सञ्चालनमा पहल गर्ने ।
–    जिल्लाका नगरपालिका तथा गाउँपालिका केन्द्र एवम् हाल विभिन्न स्थानमा रहेका व्यापारीक केन्द्र÷बजार क्षेत्र÷ बजार उन्मुख क्षेत्रलाई प्रवद्र्धन गर्न आवश्यक पहल गर्ने ।
–    जिल्लाका प्राकृतिक, धार्मिक एवं साँस्कृतिक सम्पदाहरुको सं)रक्षण, सम्वद्र्धन गदै पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्ने ।
–    महिला व्यवसायी तथा उद्यमीहरुको विकास र प्रवद्र्धनका लागि महिला उप समितिलाई थप त्रियाशिल बनाउने ।
–    पर्वत जिल्लामा राष्ट्रिय गौरबका जल आयोजना, उद्योगधन्दा स्थापनाको लागि पहल गर्ने र त्यस्ता आयोजना उद्योगधन्दा क्षमता अनुसार आर्थिक लगानीको सुनिश्चित गर्न पहल गर्ने ।
–    कालीगण्डकी करिडोर र कालीगण्डकी लोकमार्गलाई पक्की पुलका माध्यमवाट जोड्ने तथा मध्यपहाडी लोकमार्गलाई समयमै सम्पन्न गर्ने समन्वयत्मक भूमिका निर्वाह गदै सदरमुकाम कुश्मा बजार लगायत पर्वत सिजल्लाभरका विभिन्न स्थानको औद्योगिक, व्यवसायिक पू्रर्वद्धनमा थप पहल गर्ने ।
–    केन्द्रिय, प्रदेश तथा स्थानिय सरकारसँगको सहकार्य र समन्वयमा व्यवसायिक प्रवद्र्धनका आवश्यक कार्यहरु गर्ने ।

उता केदारनाथ शर्माको समूहमा ठाकूर वि पौडेल,सूनिल भूषाल,राजन गूरुड,कमल वहादूर जि.सी चित्र वहादूर अधिकारी गोपाल,रमेश शर्मा लामिछाने,मिन प्रसाद शर्मा,विकास विश्वकर्मा,शेर वहादूर चोचाडगी,नारायण प्रसाद पौडेल,कृष्ण प्रसाद भूषाल,सागर श्रेष्ठ,कृष्ण प्रसाद रेग्मी,रामकृष्ण सार्की ,जगन्नाथ अधिकारी,तिला गीरी,दिपक अधिकारी,गणेश लामिछाने,टंकनाथ चपाई,सूव वहादूर क्षेत्री,भिम वहादूर नेपाली र महिला सदस्यहरुमा प्रमिला शर्मा,चन्द्रकला शर्मा सदस्यका उम्मेदवार रहेका छन् ।

१ अध्यक्ष, २ महिला र २० जना पूरुष सहित जम्मा २३ जना निर्वाचन हुने पदका लागी ४४ जनाको उम्मेदवारी रहेको निर्वाचन अधिकृत सहायक प्रमूख जिल्ला अधिकारी डिल्ली राम शर्मा पौडेलले वताउनू भयो ।
आगामी चैत्र ३ गते हूने निर्वाचनका लागी पर्वत उद्योग वाणिज्य संघमा जम्मा १ हजार ५ सय ८७ जना सदस्य रहेका छन् ।