३० फागून

पर्वत, जलजला गाउँपालिकाले अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण को गाडीमा बम राखेर हत्या प्रयास गरेकोमा गम्भिर ध्यानआकर्षण भएको जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष सिमा पुनसहित नौ वटै वडाका अध्यक्षले संयुक्त पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्षको नियोजित रुपमा हत्या गर्ने मनसायले बम राखिएको दाबी गरेका हुन ।
‘यो तर्साउनका लागि राखिएको बम होइन, नियोजित रुपमा अध्यक्षको हत्या गर्ने मनसाय देखिन्छ’ गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष देबिन्द्रबहादुर भण्डारीले भने । उनले गाउँपालिकाका अध्यक्षको सवारीमा बम राखेर उहाँले भाडामा लिएको एक्साभेटरमा आगो लगाइएको बताए ।
‘एक्साभेटरमा आगो लगाएपछि गाउँपालिकाका अध्यक्ष आफ्नो गाडी लिएर जाने र गाडी चलाउने क्रममा बम बिष्फोट हुने सेटिङ मिलाएको देखिन्छ’ भण्डारीले भने–‘धन्न अध्यक्ष मल्ल घरमा नभएका कारण त्यो घटना हुन पाएन ।’ जलजला ८ का वडा अध्यक्ष हरिविकास जिसीले अध्यक्षको नियोजित रुपमा हत्या गर्ने उद्देश्यले बम राखिएको बताए ।
‘घटनाको प्रकृति हेर्दा हत्या गर्ने षडयन्त्र नै देखिन्छ, यो घटना आम जनप्रतिनिधि र आम नागरिकको सुरक्षासँग जोडिएको छ’ उनले भने । गाउँपालिकाका उपाध्यक्ष सिमा पुनले गाडीमा बम राख्ने र एक्साभेटरमा आगो लगाउने घटनाले असुरक्षा बढाएको बताइन् । उनले तत्काल दोषी सार्वजनिक गरी कारबाही गर्न माग पनि गरिन् ।
गाउँपालिकाले घटना भएको तीन दिन हुँदासमेत प्रहरी प्रशासनले घटनामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्न नसकेकोमा गुनासो गर्दै तत्काल दोषी पत्ता लगाउन माग गरेको छ । ‘सवारीमा बम राख्ने, विकास निर्माणका लागि ल्याइएको एक्साभेटर जलाउने कार्यले जनप्रतिनिधिमात्रै होइन सर्बसाधारण र ब्यावसायिक स्वतन्त्रतालाई नै आतंकित बनाएको छ’ जलजला ४ का वडा अध्यक्ष भिष्म मल्लले भने ।
मंगलबार बिहान जलजला गाउँपालिकाका अध्यक्ष मल्लको कुश्मा नगरपालिका १ सहस्रधारास्थित घरमा पार्किङ गरिराखेको गाडीमा अज्ञात समुहले प्रेसर कूकर बम राखेको थियो । रातो प्लाष्टिकले बेरिएको अवस्थामा भेटिएको प्रेसर कुकुर बम नेपाली सेनाले निष्क्रिय पारेको थियो । त्यस्तै मंगलबार बिहान करिब १ बजे जलजला गाउँपालिका वडा नम्बर ८ मा ग १ क ३६३७ नम्बरको एक्साभेटर ९जेसिबी०मा अज्ञात समुहले आगजनी गरेको थियो ।

जलजला गाउंपालिकाका जनप्रतिनिधिहरुले अध्यक्ष प्रति गरिएको यो घृणित कार्य समग्र जलजला गाउपालिकावासीलाई गरिएको जनाउदै प्रेस विज्ञप्ती निकालेर विरोध जनाएका हून् ।