२९ फागून

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई गोली प्रहार भएको पुष्टि गरे ।

उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।