२८ फागून

सचिन्द्र श्रेष्ठ बागलुङ अामा मिलन बचत तथा ऋण सहकारी संस्थाकाे १० अाैं साधारण सभा तथा अधिबेशन सम्पुर्ण शेयर सदस्यहरुकाे सहभागितामा हिजो अईतवार महिला बिकास कार्यलयमा सम्पन्न भएको छ ।

कार्यक्रममा बाेल्दै संस्थाकाे अध्यक्ष एवं निवर्तमान सहकारि राज्यमन्त्रि चम्पा खड्काले दिप प्रज्वलित गरि समुदघाटन गनु भयो । सहकारी मन्त्रि भएर नया नीति ल्याउन पहल गरेकाेले अागामि समयमा नया तरिकाले यस महिला सहकारी लाई अघि बडाउन सक्रिय सहयाेग एवं याेगदान गर्ने प्रतिबद्दता जाहृर गर्नु भएको थियो ।

सत्कर्म नेपालका समाजिक अभियान्ता एवं सहकारीकाे सल्लाहाकार सिताराम थापाले विशेष अतिथि बाट बाेल्दै सहकारी लाई अबकाे राज्यले प्रमुख प्राथामिकता दिने बताउदै तीन खम्बे नयां नीति अनुसार नमुना महिला सहकारी बनाउन नयां समिति र पुराना सल्लाहकारहरु सुझाब दिई टिमवर्कमा याेगदान गर्नु पर्ने बताउनु भयाे , जैमिनि नगरपालिकाकाे कार्यपालिका सदस्यले अाफु महिला भएकाेले पनि जनप्रतिनिधिकाे तर्फ बाट सहयाेग गर्ने बताउनु भयाे ।

सभामा संस्थापक अध्यक्ष बिमला सापकाेटा, बानपाकाे कार्यपालिका सदस्य लक्ष्मि बाहाेरा लगायतले बाेल्नु भएकाे थियाे ।अधिबेशनले नयां ११ सदस्य रहने पछि दुई जना थप्ने गरि समिति गठन गरेकाे छ । नया समितिकाे अध्यक्षमा कल्पना चालिसे, उपाध्यक्ष लिलावति के. सि. सचिब ज्ञानुदेबि थापा मगर, काेषाध्यक्ष पम्फा किसान, सदस्यहरु राजेश्वरी श्रेष्ठ, अनुजा शाक्य, पार्वति राेका, संगिता बाहाेरा, नुनुमाया थापा मगर चयन भएका छन । सल्लाहाकारमा सभासद ज्ञान कुमारि छन्त्याल, चम्पा खड्का, सिताराम थापा रहनु भएकाे छ । चम्पा खड्काकाे अध्यक्षता, कल्पना चालिसेले स्वागत ज्ञानु थापाकाे संचालनमा भएकाे सभामा कार्यक्रम तथा अार्थिक प्रतिबेदन पारित गरिएकाे थियाे ।