२७ फागुन,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दुई तिहाई सांसदको विश्वास मत पाएका छन् ।

माओवादी केन्द्रको समर्थनमा ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबारको संसद बैठकमा विश्वासको मत मागेका थिए । ओलीले २०८ मत पाएका छन् ।

एमाले र माओवादीका साथै संघीय समाजवादी फोरम, राजपाले ओलीलाई मत दिएका छन् । यस्तै एक सिटे दलहरु राप्रपा र राष्ट्रिय जनमोर्चाले पनि मत दिएका छन् ।

प्रधानमन्त्री ओलीको विपक्षमा ६० मत खसेको छ । कांग्रेसका साथै नेमकिपाले ओलीलाई मत दिएनन् ।

नयाँ शक्ति पार्टीका मात्र सांसद डा. बाबुराम भट्टराई भने आइतबारको संसद बैठकमा उपस्थित नै थिएनन् । आइतबारको बैठकमा २६८ सांसद उपस्थित थिए ।