२७ फागुन,
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बाचा गरेका छन् ।

संसदको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गर्नु पर्ने कुनै कारण नभएको बताए ।

एमाले अध्यक्ष समेत रहेका ओलीले आफू प्रधानमन्त्री हुनका लागि प्रधानमन्त्री नभएको बताए । उनले भने, ‘म भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ । दमनकारी शासक होइन, जनताको सेवक हुँ ।’सरकारले ‘सरकार हुँ’ भनेर दम्भ देखाउन नहुने र प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्न नहुने उनले बताए ।