२५ फागून

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उनले भेटवार्ता गर्न गरेको प्रस्ताव स्वीकार गरेका छन् ।  सीएनएनले दिएको खबर अनुसार ट्रम्पले आगामी मे मा किमलाई भेट्ने बताएका छन् ।

दक्षिण कोरियाका सुरक्षा सल्लाहकार चुङ एइ योङले बिहीबार पत्रकारहरुसँग वाइटहाउसमा बोल्दै यस्तो खुलासा गरेको सीएनएनले जनाएको छ ।