२५ फागून

सचिन्द्र श्रेष्ठ,बागलुङ अार्थिक शसक्तिकरण सहितकाे सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाकाे जिवनस्तरमा रुपान्तरण, भन्ने मुल नाराकाे साथ १०८ अाैं अन्तराष्ट्रिय महिला दिवस जैमिनि नगरपालिकाकाे संयाेजन तथा सत्कर्म नेपाल र आमा मिलन केन्द्रकाे संयुक्त अायाेजनामा कुश्मिशेरामा सम्पन्न भयाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि एवं जैमिनि नगरपालिकाकाे उप प्रमुख लिला रानाले महिलाकाे गाउँ गाउमा सामाजिक क्षमता बिकास र शसक्तिकरण र महिला अार्थिक बिकास समेत हुने काम थाल्नु पर्ने बताउदै साझेदार सबै निकाय संग हातेमालाे गर्नुपर्ने बताउनु भयाे, उहांले अागामि दिनमा नबिन, रचनात्मक कार्यक्रम सहित महिला र लैंङ्गिक हिंसा बिरुद्द कार्यक्रम गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयाे ।

कार्यक्रममां प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्माले गाउँ, गाउँमा महिला हिंसा र महिला अधिकारकाे लागि कार्यक्रममा सहयाेग गर्ने बताउनु भयाे , सत्कर्म नेपालका निर्देशक एवं अभियान्ता सिताराम थापाले अन्तराष्ट्रिय महिला दिवसकाे सन्दर्भ र महिला अान्दाेलनमा भुमिका बिषयक कार्यपत्र प्रश्तुति गर्नु भएकाे थियाे । अाैचित्य, महिला अान्दाेलन, नेपालमा महिलाहरुकाे समस्या, कारण र समाधानकाे बिकल्प बिषयक कार्यपत्र प्रश्तुति महिलाकाे न्यायमा पहुंच र नियन्त्रण हुनु पर्ने बताउनु भयाे ।

कार्यक्रममा नगर बिकास समितिका अध्यक्ष शकस के.सि. जैमिनि वार्ड नंं १ वार्ड अध्यक्ष भुपेन्द्र थापा, नगर कार्यपालिका सदस्य लाल बहादुर परियार, शिक्षा कार्यालय श्राेत ब्यक्ति, बिष्णु प्रसाद साप्काेटा, महिला अगुवाहरु खिमा थापा, लक्ष्मि शर्मा, पत्रकार सन्ध्या अाचार्यले जैमिनि नगरपालिकामा महिलाहरुकाे क्षमता बिकास र नेतृत्वमा पहुच कमि रहेकाे देखियकाेले यसमा पहल गर्नुपर्ने बताउनु भयो, स्थानिय महिला सहभागिले महिला दिवसकाे गितहरु प्रश्तुति गरेका थिए ।

कार्यक्रमकाे अारम्भमां विभिन्न प्लेकार्ड, ब्यानर सहित जैमिनि कुश्मिशेरा नगरमा जुलुस पर्दर्शनि गरियकाे थियाे । जैमिनि नगरपालिकाकाे जेष्ठ कार्यपालिका महिला सदस्य रुद्रा के.सि. अध्यक्षता, स्वागत कार्यपालिका सदस्य डिल कुमारि श्रीस र संचालन अामा मिलन केन्द्रकाे अध्यक्ष ज्ञानु थापा मगरले गर्नु भएको थियो ।