२४ फागुन

काठमाण्डौ केपी नेतृत्वको सरकारमा सहभागि हुने विषयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी अन्तिम प्रयासमा छन् । फोरमले अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा दुई फुल मन्त्रालय र अरु केही राज्यमन्त्री लिएर सरकारमा जाने तयारी गरेको छ । फोरमबाट सरसारमा जानका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहित रेणु यादव र हरिनारायण रौनियाले इच्छा देखाएका छन् । त्यसैगरी राजपाबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुङ्गो लागेको छैन ।

अध्यक्ष मण्डलको सदस्य राजेन्द्र महताको नेतृत्वमा सरकारमा सहभागि हुने विषयमा छलफल भइरहेको छ । राजपाबाट सरकारमा सहभागि हुन राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झा, शरतसिंह भण्डारी लगायतले ईच्छा व्यक्त गरेका छन् । यद्यपी महतो, यादव र भण्डारीको सम्भावना बढि छ । राजपालाई तीन फूल मन्त्रालयसहित अन्य केही राज्यमन्त्री पनि दिन लागिएको बताइएको छ । यद्यपी चारवटा दलको सरकार हुने भएपछि मन्त्रालय संख्या मिलाउन हम्मेहम्मे परेको छ ।