२२ फागून
रामकृष्ण लामिछाने
पर्वत  । कुश्मा नगरपालीका अन्र्तगत बिभिन्न वडाका सिकर्मीहरुलाई एक समाहोहका बिच औजार हस्तान्तरण गरिएको छ ।  नगरपालिकाले परम्परागत पेशालाई निरन्तरता दिन र विपन्न समुदायलाई पेशामा टिकाईरहन औजार बितरण गरिएको हो । सबै वडाका गरेर २३ जनालाई  नगरपालिकाका मेयर रामचन्द्र जोशीले औजार हस्तान्तरण गरे ।

औजार बितरण कार्यक्रमका बोल्दै नगरपालिकाका मेयर रामचन्द्र जोशीले बिशेष गरि बिपन्न समुदाय र दलित समुदायको मुख्य पेशा सिकर्मी पेशा भएको हुँदा यसलाई लोप हुन नदिन आग्रह गरे । नगरपालिकाले परम्परागत पेशालाई जगेर्ना गर्न सक्दो सहयोग गर्ने बताए । जोशीले सिकर्मीेहरुलाई आवश्यक परेको खण्डमा तालिम पनि आयोजना गर्ने भएकाले आवश्यक तालिमको माग गर्न सुझाए ।

कुश्मा नगरपालीकाले अघिल्लो वर्ष छुट्टाएको १ लाख ८० हजार रकमले औजार खरिद गरेको जनाएको छ । लक्षित समुदायलाई फलाम कटर,ग्रान्डर लगायतका औजार हस्तान्तरण गरिएको छ । कुश्मा नगरपालिका स्तरिय दलित सञ्जाल सदस्य लखन सुनारले औजार बितरण कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । दलित सञ्जाल कुश्मा नगरपालीकाका अध्यक्ष दुर्गा बहादुर नेपालीको अध्यक्षता र सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । औजार पाएपछि लक्षित समुदाय हर्षित भएका छन् । उनीहरुले नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने बाताबरण बनाउन नगरपालिकालाई सुझाव दिएका छन् ।
प्राचीन समयदेखि निमार्णमा आवश्यक औजार सामाग्रीको अभावमा सिकर्मी पेशा लोप हुन थालेको छ । पिर्का,दलिन,झयाल–ढोका,कुर्चि,डेक्सबेञ्च,हलो,जुवा लगायतका समाग्रीहरु कृषि पेशा र दैनिक जीवनयापनमा प्रयोग हुन्थे । तर समयअनुसार अहलिे त्यस्ता सामाग्रीहरु रेडिमेट आउन थाले भने कतिपय औजारहरुका विकल्पमा आधुनिक औजार प्रयोग गर्न थालियो । गाउँ गाउँमा फर्निचर उद्योगहरु फस्टाउँदै जाँदा पनि परम्परागत औजारहरु उत्पादन गर्ने सिकर्मीहरुको पेशा संकटमा पर्दै गएको छ ।

‘मैले छोरीको बिवाह गर्दा खाट र दराज दाईजो दिएँ,’कुश्मा नगरपालीकाका अगन्धर पौडेलले भने,‘अहिले घर गाउँमा विवाह पर्दा फनिर्चरबाट रेडिमेड सामाग्री ल्याउँछौं । कसैले पनि आजकल खाट दिन छाडे । ’ उनी जस्तै बिबाहमा दाईजो दिदाँ यहाँका मानिसहरुले फर्निचरको भर लिन्छन । बिबाहको समयमा बढि ब्यस्त हुने कुश्मा ११ मा फनिर्चर सञ्चालन गरेका सुर्य नेपालीले भने,‘आम्दानी राम्रो छ ।‘एउटा खाटको पाँच हजार,दराजको १० हजार सम्म पारिश्रमिक लिन्छु ।’

प्राचिन समयमा गाउँगाउका घर घरमा सिकर्मी आफै आवश्यक घरयासी सामानहरु बनाउन जान्थे । उनीहरुले घरघनीले भने अनुसारका सामानहरु निमार्ण गर्थे । ‘सवै शहर बजारका मानिसहरु अहिले फर्निचरमा आउँछन,’बसु फनिर्चरका संचालक हरि बहादुर सुवेदीले भने,‘सामग्री निमार्णमा आवश्यक काठहरु तराईबाट कर तिरेर ल्याउदाँ र ढुवानी गर्दा सामान महंगो पर्छ ।’ यहाँ गाउँघरमा उपयुक्त काठहरु हउपलब्ध नहुँदा तराईकै भर छ ।