k|wfgdGqL s]kL zdf{ cf]nL;Fu b'O{ kIfLo e]6jftf{ ug'{x'Fb} b'O{lbg] g]kfn e|d0fdf /xg' ePsf O:nflds u0ftGq kfls:tfgsf k|wfgdGqL zxLb vsfg cAaf;Lnufot . tl:a/ M /Tg >]i7, /f;; .

२२ फगून
काठमाडौँः नेपालको दुई दिने भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच करिब एक घण्टासम्म भेटवार्ता भएको छ ।

दुई नेताबीच सोमबार साँझ भएको भेटवार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नै प्रमुख एजेन्डा बनेको थियो । भेटमा दक्षिण एसियाली क्षेत्रमा सहकार्य, द्विपक्षीय सम्बन्ध र आर्थिक विकासबारे छलफल भएको हो । न

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार दिउँसो काठमाडौं आएका पाकिस्तानी प्रधानमन्त्री अब्बासी र प्रधानमन्त्री ओलीबीच साँझ करिब एक घण्टा भएको भेटवार्ता भएको हो । दुई नेताबीच सार्क र यस क्षेत्रको विकासबारे गम्भीर वार्ता भएको बताइएको छ ।
वार्तामा अरु के कुरा भयो ?

भेटवार्तामा सहभागी प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सार्कबारेमा छलफल भएको जानकारी दिए । । तर उनले यसबारे विस्तृत प्रतिक्रिया भने दिन मानेनन् । द्विपक्षीय बैठकपछि सञ्चारकर्मीसँग रिमालले भने, ‘पारस्परिक हित र चासोका विषयमा छलफल भयो । सार्कको प्रभावकारिताबारे पनि दुई नेताबीच कुरा भयो ।

पाकिस्तानले पनि सार्कको विषयलाई चासोका साथ लिँदै आएको छ । दुई वर्षअघि पाकिस्तानमा हुनुपर्ने १९ औं सार्क शिखर सम्मेलन भारतको असहयोगका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

पाकिस्तान कुनै पनि हालतमा आफ्नै देशमा सार्क शिखर सम्मेलन गर्न चाहन्छ भने भारतले पाकिस्तान बाहेक अन्य मुलुकमा सम्मेलन हुनुपर्ने अडान राख्दै आएको छ ।

दुई देशबीचको तिक्ततापूर्ण सम्बन्धका कारण सार्क सम्मेलन अनिश्चित बन्दै आएको छ । नेपाल सार्क राष्ट्र अध्यक्ष भएकाले पनि पाकिस्तानले प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला सार्कलाई प्रमुख एजेण्डाका रुपमा उठाउने जनाएको थियो । पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी स्वागतका लागि प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रीभोजमा सहभागि भएका थिए ।