२२ फगून

काठमाडौँ । निर्वाचन आयोगले राट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली सार्वजनिक गरेको छ । सोमबार आयोगले आफ्नो वेभसाईट मार्फत् मतदाताको नामावली सार्वजनिक गरेको हो । आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गतेको लागि तय गरेको छ ।

संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछ । संघीय संसद्का २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्यले निर्वाचनमा भाग लिनेछन् । आयोगले राष्ट्रपतिका लागि यही फागुन २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।

संघीय संसद् तर्फ

प्रदेश सभा तर्फ