२१ फागून

कूश्मा,पर्वत, साबित्री कन्चनजंगा दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदिबहिनी ९५.२ मेगाहर्जको आठौं वार्षिकोत्सवका अवसरमा संचालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ ।

भोलीबाट प्रारम्भ हुने प्रतियोगिताको उद्घाटन कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले गर्नु हुनेछ भने प्रतियोगिताको समापन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव श्री केशवकुमार बिष्टले गर्नु हुनेछ ।

लिगकम नकाउटका आधारमा फाल्गुन २२ देखि २४ सम्म संचालन हुने प्रतियोगितामा साबिक बिजेता शिवम् न्यु डायमण्ड एकेडेमी, शसस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र आयोजक दिदि बहिनीको स्थाीनय टिमले सहभागिता जनाउने निश्चित भएको आयोजक संस्थाका अध्यक्ष कल्पना चापागाईले जानकारी गराईन् ।

साबित्री कन्चनजंगा अगरबत्तीको मुख्य प्रायोजनमा पर्बतको कुस्मा बजारमा संचालन हुने प्रतियोगिताका बिजेताले १ लाख,उपबिजेताले ६० हजार र तेश्रो हुनेले ४० हजार नगद सहित ट्रफि,मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको पहिलो दिन लिग खेलहरु खेलाईने छ । दोश्रो दिन सेमिफाईल र तेश्रो दिन फाईनल खेल हुनेछ ।

दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको आठौं वार्षिकोत्सवको समुद्घाटन पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालले गर्नु भएको थियो ।