संजय रेग्मी
फागुन २१, २०७४
पर्वत : म्याग्दीको बेनी नगरपालिका वडा नं. ९ गलेश्वरमा भएको ट्रयाक्टर दुर्घटनामा परी दुई जनाको मृत्यू भएको छ।

दिउँसो करिब साढे तीन बजेको समयमा भएको उक्त दुर्घटनामा चालक रघुगंगा गाउँपालिका वडा नं. ३ का राम बिश्वकर्मा र ट्रयाक्टरमा सवार बेनी नगरपालिका वडा नं. ९ गलेश्वर बस्ने गणेश कार्कीको मृत्यू भएको हो।

उनीहरु दुवै जनाको उपचारको क्रममा जिल्ला अस्पताल बेनीमा निधन भएको हो ।

गलेश्वरदेखि बेनीतर्पm आउँदै गरेको ग १ त २५५८ नम्बरको ट्रयाक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी प्रमुख प्रहरी नायब उपरीक्षक बसुन्धारा खड्काले जानकारी दिईन।

सडकबाट नदीमा खसेको उक्त ट्रयाक्टरको आधा भाग नदीको बिच भागमै पुगेको छ। ट्रयाक्टर तिब्र गतिमा रहेको कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ।