२० फागून
रामकृष्ण लामिछाने,पर्वत । स्वर्गीय श्रीमानको सम्झनामा जग्गादान गरिएको छ । कुश्मा नगरपालीका वडा नम्बर २ खुर्कोट स्थित सैमिकोट भिरकुना सामुदायिक वन उपभोक्ता समुहको भवन निर्माणका लागी एक समारोहका बिच जग्गादान गरिएको छ । सो अवसरमा भवनको शिलान्यास कुश्मा नगरपालीकाका मेयर रामचन्द्र जोशि र उपमेयर सिता काफ्ले लामिछानेले संयुक्त रुपमा गरेका थिए । भवन शिलान्यास गर्दै प्रमुख अतिथी मेयर रामचन्द्र जोशिले उक्त कार्यको प्रशांसा गरे ।‘कुनै पनि कामको लागि समुहले अरुको मुख ताक्नु पर्दैन’उनले, ‘भने समुहका हरेक कामममा कुश्मा नगरपालीकाले साथ दिन्छ ।

’आफना श्रीमान स्वर्गीय मोहन प्रसाद रेग्मीको स्मृतिमा करिब चार आना बराबरको जग्गादान गरेको धर्मपत्नी चन्द्र कुमारी रेग्मीले बताइन ।‘समाजिक काम गर्ने मेरो लक्ष्य हो’उनले भनिन्, ‘मैले स्वर्गीय श्रीमानको नाममा जग्गादान संगै सामुदायिक वन उपभोक्ता समुहको भवन निमार्ण चाडै हुने आशा गर्दछु ।’

जग्गादान तथा भवन शिलान्यास कार्यक्रममा बिशिष्ट अतिथी उप–मेयर सिता काफ्ले,बडाध्यक्ष यदुनाथ बास्तोला,वन अधिकृत कृष्ण ढकाल,फेकोफनका अध्यक्ष किशोर सापकोटा, ढाड सामुयिक वन उपभोक्ता समुहका अध्यक्ष देवेन्द्र  रेग्मी ,बिष्णु शर्मा लगायतले बोलेका थिए ।

सोही अवसरमा जग्गादाता चन्द्र कुमारी रेग्मी र चीत्रकला रेग्मीलाई कुश्मा नगरपालीकाका मेयर रामचन्द्र जोशिले सम्मान गरेका थिए । कार्यक्रम माथी संस्थापक अध्यक्ष गुप्त निधी शर्माले प्रकाश पारेका थिए । मोहन प्रसाद बास्तोलाले स्वागत मन्तव्य राखेका थिए ,त्यस्तै सैमिकोट भिरकुना वन समुहका अध्यक्ष देवेन्द्र रेग्मीको सभापतित्वमा समपन्न कार्यक्रमको संचालन भिमनिधी रेग्मीले गरेका थिए ।