२० फागून

काठमाडौं । कार्यक्रमको यस अघिको अंकमा हामीले ट्राफिक प्रहरीले सवारी चालकसंग पैसा लिईरहेको देखायौं । यो भिडियो अहिले सामाजीक सञ्जालमा भाइरल भइरहेको छ । हाम्र धेरै दर्शकहरले यसको सत्य तथ्य पत्ता लगाउन हामीलाई आग्रह गरेका छन् ।

यो भिडियो कैद गर्ने व्यक्तिको बारेमा कुनै जानकारी नभएपनि यो भिडियोमा सवारी चालक सँग फैसा लिने ट्राफिक प्रहरीको भने पहिचान भएको छ । यो घटना भतmपुर स्थीत कौशलटारको चोक नजिकैको हो ।

यसरी पैसा लिने यि ट्राफिक प्रहरी जवान प्रकाश खत्री हुन । उनि महानगरीय ट्राफिक प्रभाग गठ्घरमा कार्यरत रहेका थिए । गाडीको नम्बर प्लेट तथा सवारी चालकको अनुहार स्पष्ट नभएकाले गाडीको भने पहिचान हुन सकेको छैन ।

अहिले ट्राफिक प्रहरी महाशाखाले उनलाई कारवाही प्रक्रिया सुरु गरेको छ । उनलाई थप अनुशन्धानको लागि शुक्रबार नै महाशाखामा ल्याइएको ट्राफीक प्रहरीले जनाएको छ ।