१९ फाल्गुन

पोखरा, लायन्स क्लव अफ अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वी १ नेपालले लायन्स क्लवको सतवार्षीकी समारोह भव्यताका साथ मनाउने तयारी गरेको छ । उक्त अवसरमा नेपालको विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान गरेका १ सय जना व्यक्तित्वहरुलाई नागरीक अभिनन्दन गर्ने तयारी गरिएको डिष्ट्रिक्ट गभर्नर लायन धनराज आचार्यले जानकारी दिए ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आचार्यले नेपाल मै रहेर व्यक्तिगत लाभभन्दा माथी उठेर राज्य एंव समाजसेवामा विषेस योगदान गरेका १ सय जना व्यक्तित्वहरुलाई आगामी २६ गते शनिबारका दिन रथारोहण सहित सम्मानको तयारी गरिएको बताए । विश्वमा लायन्स क्लव स्थापना भएको एक सय वर्ष पुगेपनि नेपालमा भने यसको इतिहास ४७ वर्ष पुरानो भएको छ । नेपाल सहित संसारका २ सय ११ देशमा लायन्स क्लवहरुले शिक्षा, स्वास्थ्य, वातावरण एंव पर्यावरण संरक्षणमा विषेस योगदान गर्दै आएका छन् ।

नेपालका भुतपुर्व प्रधानमन्त्री मातृका प्रसाद कोईलाले करिब ४७ वर्ष पहिले नेपालमा यस संस्थाको स्थापना गरेदेखी नै अन्धोपन निवारण, स्वास्थ्य जनचेतना, आँखा अस्पताल एंव शिक्षण संस्थाहरुको विकास र विस्तारमा उल्लेखनिय योगदान गर्दै आईरहेको आचार्यले बताए । यसअघि गिनिज वुक अफ दि वल्ड रेकर्ड कायम गर्ने उद्देश्यले फाल्गुन २५ गते काठमाण्डौको टुँडिखेलमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ४७ वर्ष पुरानो ईतिहास बोकेको लायन्स क्लव अफ ड्रिष्ट्रिक्ट ३२५ वी वानका ३ सय भन्दा धेरै क्लवहरु सक्रिय रहेका छन् ।