१९ फागून
सचिन्द्र श्रेष्ठ,  रंगहरुको पर्ब होलिको अबसर पारेर गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईले विदेशमा नै रहेता पनि होलि पर्बलाइ बिशेष हर्षोउल्लासका साथ युएईमा क्रियासिल सामाजिक संघ संस्थाहरु बिच एकआपसमा होलि मनाउदै आएको हो ।
दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाउने प्रचलन सुरु भएको हो ।
 
आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउने पर्वको रुपमा होलीलाई लिइन्छ । यस अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गरिन्छ । मानिसहरुले पनि एकआपसमा रङ र अबिर लगाएर होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली मनाउने चलन छ । दुबई स्थित अलमंजर पार्कमा उक्त होली मनाइएको थियो।