१८ फागून

रामकृष्ण लामिछाने,पर्वत  ।
जलजला गाउँपालिका पर्वतको केन्द्र लामाखेत कायम भएको छ ।संघियता संगै विवादमा आएको पर्वत जलजला गाउँपालिका केन्द्रको विवाद मिलेको हो । हाल माँझफाटमा रहेको गाउँपालिकाको केन्द्र अव भने जलजला ०४ लामाखेतमा कायम हुनेभएको छ । गाउँपालिकाका स्थानीयले माझफाँट केन्द्र हुदाँ सास्ती खोप्नु परेको भन्दै विवाद स्वरुप आन्दोलित भएका थिए ।

त्यहाँका नाग्लिवाङ,धाईरिङ,बनौं,शालिजा माझफाँट लगायतका ०८ बटा बडाका स्थानीयहरुले चर्को आन्दोलन गरेका थिए । केन्द्रमा पुग्न करिव ६देखि ७ घण्टा धाउनु पर्ने र अपाहेक हुने भन्दै आन्दोलीत थिए ।उनीहरुले केन्द्र लामाखेत नभएमा निरन्तर रुपमा गाउँपालीका समक्ष दवाव दिदै आएका थिए ।‘सिंहदरवारको अधिकार गाउँगाउँमा हुनुपर्छ भन्ने तर केन्द्र नै अपाहेक भयो,’जलजला गाउँपालीका ०८ नाग्लिवाङका रामप्रसाद प्रसाद क्षेत्रीले ‘हाम्रो गाउँपालिका मा अहिले बल्ल खुशियाली आयो ।’

जलजला गाउँपालीकाका प्रमुख याम बहादुर मल्ल ‘रामकृष्ण’ले निर्णय प्रति गाउँपालीका भित्रका सवै खुशि नभएको बताउछन ।‘लामाखेतमा केन्द्र पाएक भए पनि संरचना उपयुक्त स्थानमा नभएको गुनासो बाँकी छ,’उनले भने,‘हामीले त्यहाँ पुग्न करिव १ करोडमा मोटरवाटो निमार्णलाई बजेट छुटायौं ‘उनले भने ।अव यहाँका स्थानियको चाहना बमोजिम नै केन्द्र परिवर्तन भयो,अव सवैको साथ पाउँने आशामा छु ।
गत असार २२ गते गाँउपालीकाको निर्णय अनुसार गाउँपालीकाको केन्द्र लामाखेत हुनुपर्छ भन्दै संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा निर्वाचित प्रतिनिधीहरुले दुईतिहाई बहुमत सहितको निवेदन पेश गरेका थियो ।यही फागुन १६ गते बुधवार उक्त निणर्यलाई मन्त्रालयले जलजला गाउँपालीका केन्द्र हालको स्थान परिवर्तन गरि लामखेतलाई राजपत्रमा प्रकाशित गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद गौतमले बताए । यहाँका स्थानीयहरुले दैनिक रुपमा गाउँपालीका पाएक भएन भन्दै केन्द्र परिवर्तनको माग गर्दै आएको उनले बताए । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयले केन्द्र परिवर्तन सहित राजपत्रमा प्रकाशित गरेको छ ‘अव हाम्रो कार्यपालीकाको बैठक बसी केन्द्र छिट्टै परिवर्तन गर्छौ उनले भने ।
यो निणर्यसंगै जलजला गाउँपालीकाको केन्द्र परिवर्तन भएकोमा नागरीकहरु खुशि छन ।
यो संगै जलजला गाउँपालीका धाईरिङका कृषकहरु्र पनि केन्द्र लामाखेत भएकोमा हर्षित छन ।उनीहरुले गाउँपालीकाको केन्द्र लामाखेत भए संगै धाईरिङको विकास हुने आशामा छन । धाईरिङ पर्वतको कृषिको पकेट क्षेत्रको रुपमा स्थापित हो । त्यहाँका नागरीकहरुले केन्द्र पायक परेसंगै सडक स्तरउन्नती भएमा उत्पादीत समाग्रीहरुले बजार पाउने बताउछन ।यस्तै जलजला गाउँपालीकाका बनौंका नागरीहरु पनि खुशि छन ।बनौं आलुमा परिचीत क्षेत्र हो ।उवेला लामो बाटो हिडेर आलु वजार पु-याउन समस्या थियो,’अव जलजला गाउँपालीका भएसगैं केन्द्रको विवाद पनि मिल्यो केहि परिवर्तन हुनुपर्छ भन्छन,‘स्थानीय सोम पुन ।
जलजला गाउँपालीकाको केन्द्र माझफाँट रद्ध गरि लामाखेत हुनुपर्छ भन्दै त्यहाँका नागरिकहरुले आन्दोलन गरेका थिए ।उनीहरुले गाउँगाउँ हुँदै सदमुकाम सम्म पनि आन्दोलन गरेका थिए ।लामो प्रयास पछि माँझफाटमा रहेको जलजला गाउँपालीकाको केन्द्र अव लामाखेत हुनेभएको छ ।
आजको समाधान राष्ट्रिय दैनिकमा समाचार छ ।