१७ फागून
पर्वतको कुश्मामा दशौँ पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको आठौं वार्षिक उत्सव शुरु भएको छ । स्थानीय कला संस्कृतिको प्रचार, स्थानीय उत्पादनको बजारीकरण, महिलाहरुको अधिकारका सवालमा वकालत गर्न, खेलकुदको बिकास गर्न भन्दै रेडियो दिदीबहिनीले महोत्सव शुरु गरेको हो ।

बुधबार वाट शुरु भएको महोत्सव ११ दिनसम्म संचालन हुनेछ । कार्यक्रमका प्रमूखअतिथि माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले महोत्सवको उद्घाटन गरे । कार्यक्रममा बोल्दै दहालले देश अब आर्थिक समृद्धितर्फ लम्किने बताए । बाम गठवन्धनलाई दुई तिहाईको ग्यारेण्टी भएको बताउँदै उनले अव स्थायी सरकार बन्ने बताए । मधेश केन्द्रित दलहरुलाई सरकारमा ल्याउन सहमती जुटिसकेको दहालले बताए ।

वि स २०१५ साल पछिको ईतिहासकै दुईतिहाईको सरकार वन्ने जानकारी दिए । अव सवै चूनाव सकिएकाले स्थायित्वको ग्यारेन्टी गर्दै स्थायी सरकार वन्ने र समृद्धिको कामको थालनी गर्ने समेत वताए । महिलाहरुकाको सम्मान नभए आजसम्मका उपलव्धी गुम्ने उनको भनाई छ । सामुदायिक रेडियोहरुले खेलेको भुमिकाको प्रचण्डले खुलेर प्रसंसा गरे ।

कार्यक्रममा राष्टिय सभा सदस्य गणेश तिमिल्सीना,उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चण्डीराज ढकाल,प्रदेश सभा सदस्य विकास लम्साल,जुनादेवी नेपाली,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछाने,रेडियो प्रशासक संघका अध्यक्ष लगायतले शूभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता तथा स्वागत रेडियो दिदि वहिनीका अध्यक्ष कल्पना चापागाईले गरेकी थिईन भने कार्यक्रमको संचालन रेडियो सफलताका स्टेशन म्यानेजर दुर्गा धिकारी र रेडियो दिदि वहिनीका विष्णू गौतमले गरेका थिए ।

उद्घाटनका अबसरमा देशभरिका डेढ दर्जन रेडियोका महिला स्टेशन म्यानेजरलाई सम्मान गरिएको छ । रेडियोलाई सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरियो भने लोकगायक बिमलराज क्षेत्रीलाई ११ हजार १ सय ११ रुपैयाँ नगरसहित सम्मान गरिएको हो ।

महोत्सव सम्पन्न गर्नको लागि ३५ लाख खर्च लाग्ने अनुमान रेडियोले गरेको छ । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, -याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, दितिय, तृतीय हुनेले क्रमशः नगद १ लाख, ६० हजार र ४० हजार प्राप्त गर्नेछन् । त्यसैगरी ¥याली प्रतियोगितमा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश १८ हजार, १२ हजार र ८ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।

त्यस्तै रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने उक्त पत्रकार सम्मेलनमा रेडियोले जनाएको छ । कार्यक्रम अबधी भर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।