१६ फागून
पर्वत । १० औं पश्चिमाञ्च महिला महोत्सवमा तथा आठौं वार्षिक उत्सवमा देशभरका सामुदायिक रेडियोहरुका महिला स्टेशन म्यानजरहरु सम्मानीत भएका छन् । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर रेडियो दिदीबहिनी पर्वतले देशै भरका महिला स्टेशन म्यानेजरहरुलाई पर्वत जिल्लामा निम्ता गरि सम्मान गरेको हो ।
महोत्सवमा झण्डै दुइ दर्जन महिला स्टेशन म्यानेजरहरु सम्मानीत भएका हुन् । रेडियोले हरेक बर्ष महोत्सवको आयोजना गर्दे वार्षिक उत्सव मनाउदै आएको छ ।
महिलाहरुको मात्र व्यवस्थापन र संचालनमा आएको रेडियो दिदिवहीनी पर्वतले यो उत्कृष्ट कार्य गरेको कार्यक्रमका प्रमूख अतिथि पूर्व प्रधानमन्त्री पूक्ष्प कमल दाहालले वताए। महिला स्टेशन म्यानेजरलाई सम्मान गर्दै आवाज विहिनहरुको आवाजलाई गाउवस्तीमा पू-याउन थप उत्प्रेरणा गर्न उत्साह हुने समेत वताए ।
उक्त कार्यक्रमको अध्यक्षता रेडियो दिदिवहीनका अध्यक्ष कल्पना चापागाईले गरेकी थिईन ।