१६ फागून

पर्वत रेडियो दिदी बहिनीको आयोजनामा भोलीबाट शुरु हुन लागेको दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको आठौ बार्षिक उत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान महादान भन्ने उदेश्यका साथ गरिएको कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । जिल्ला रेडक्रस सोसाइटी, ब्लड बैक पोखराको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

११ दिनसम्म चल्ने कार्यक्रमको पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।
कार्यक्रममा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, देशभरमा रेडियोमा कार्यरत महिला स्टेशन म्यानेजरलाई सम्मान, -याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमशः नगद १ लाख, ६० हजार र ४० हजार प्राप्त गर्नेछन् । त्यसैगरी -याली प्रतियोगितमा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश १८ हजार, १२ हजार र ८ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।
त्यस्तै रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।

त्यस्तै सांस्कृतिक कार्यक्रमम अन्तरगत चर्चित राष्ट्रिय तथा स्थानीय कलाकाहरुको समेत प्रस्तुती रहेनछ । जसमा पशुपति शर्मा, राधिका हमाल, ज्योति मगर, कस्तुप पन्त, याम परियार, पूर्णकला जिसी, खुमन अधिकारी लगायत एक दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुती रहेछ ।