१३ फागुन
झापा, जंगली हात्तीको आक्रमणबाट झापाको विर्तामोडमा दुई जनाको ज्यान गएको छ ।
शनिबार मध्यान्ह १२ बजे विर्तामोड–७ मा रहेको सुन्दर निचाझोडा सामुदायिक वनमा घाँसदाउरा काट्न गएका विर्तामोड नगरपालिका –३, विर्ता बजारका च्याङग्रा राजवंशी र विर्तामोड नगरपालिका वडा नम्बर ७, मियावारीका लसुने मियाको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
उनीहरुलाई हात्तीले छातीमा कुल्चेर र मियालाई खुट्टा च्यातेर मारेको बताइएको छ । उनीहरु घर छेउको जंगलमा घाँस दाउरा गर्न गएका बेला हात्तीले आक्रमण गरेको प्रहरीको भनाइ छ