फागुन १२ पर्वत । पर्वत सदरमुकाममा कुश्मामा रहेको शिवलाय माविमा प्लान नेपालको सहयोगमा बनेको दृष्टिबिहिन छात्राबास भवन बिद्यालयलाई हस्तान्तरण गरिएको छ । ७७ लाख ८५ हजार ४ सय ७० रुपैयाँको लागतमा हालै निर्माण सम्पन्न भएको छात्रावास भवन शुक्रबार एक समारोहका बिच विद्यालयलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य पदम गिरी र विशिष्ठ अतिथि प्लान ईण्टरनेशनल नेपालका उप राष्ट्रिय निर्देशक ब्रेन बिकेटले संयुक्त रुपमा तामापत्रमा उल्लेखित बिबरण अनावरण गरि विद्यालयलाई हस्तान्तरण गरे ।
भवन हस्तान्तरण कार्यक्रममा वोल्दै प्रतिनिधी सभाका सदस्य पदम गिरीले फरक क्षमता भएका र अपाङ्गता भएका व्याक्तिहरुका अधिकारको ग्यारेण्टि गर्न दरिलो कानुनको अभाव रहेको वताए । उनले आज पनि अपाङ्गता र फरक क्षमता राख्ने व्याक्तिहरुको अधिकार सुनिश्चित नभएको दुखेसो गर्दै कानुन वनाएर उनीहरुका अधिकार रक्षा गर्न आफु संसदमा दह्रो तबरले प्रस्तु्त हुने वताए । ‘हामी अपाङ्गता र फरक क्षमता भएका व्याक्तिका अधिकारका लागि डुवुल्की मारेर लाग्ने छौँ,’ गिरीले भने,‘ समतामुलक समाजको निम्ती मेरो कसैसंग कुनै सम्झौता हुने छैन ।’
प्लान ईण्टरनेशनल नेपालका उप राष्ट्रिय निर्देशक ब्रेन बिकेटले नेपालमा लामो समयदेखि काम गर्दै आएको स्मरण गर्दै नेपाल सरकारसंग मिलेर प्लान नेपालले शिक्षाको क्षेत्रमा ठुलो योगदान पुराएको दावी गरे । उनले प्लानले समस्यामा परेका क्षेत्रमा सहयोग गर्दै आएको र यस्ता सहयोग आगामी दिनमा पनि गर्दै जाने वताए ।
विद्यार्थीको रोजाई अनुसारको विद्यालयमा पढ्न पाउने अधिकारको आवाज उठे पछि पर्वत जिल्लाको विकट उत्तरी भेग शालिजामा अवस्थित विद्यालय वाट पर्वत जिल्लाको सदरमूकाममा अवस्थित शिवालय उच्च मा वि मा स्थान्तरण गरिएको थियो । उक्त स्थान्तरण गर्नका लागी अपाड्ग उत्थान समाज पर्वतले विषेश पहल र भूमिका रहेको छ ।

जिल्ला स्तरका हरेक फोरुममा विद्यार्थीले रोजेको विद्यालयमा पढ्न पाउने व्यवस्था गर्न पटक पटक अपाड्ग उत्थान समाजका तत्कालीनि अध्यक्ष गणेश सूवेदीले आवाज उठाउदै आएका थिए । अपाड्ग उत्थान समाजमा समेत ति दृष्टिविहिन विद्यार्थीहरुले निवेदन समेत दिएका थिए । त्यसको आधारमा सरोकारवालाहरुको वैठक राखी अपाड्ग उत्थान समाज पर्वतले शिवालय उच्च मा वि लाई समेत समन्वयमा ल्याएर स्थान्तरण गर्न आग्रह गरेको थियो ।

अपाड्ग उत्थान समाज पर्वतका कार्यक्रम संयोजक जगन्नाथ शर्माले आज आएर प्लानले सुविधासम्पन्न भवन निर्माणका लागी सहयोग गरेको कार्य सफल भएको छ । हामीले उठाएको एउटा अधिकार पूर्ण भएको महसूस गरेका छौं यस्मा हामीलाई खुशी लागेको छ भन्दै भवनको पूर्ण उपयोगका लागी आग्रह गरे। सरोकारावाला संस्थाहरु जिल्ला शिक्षा कार्यालय,कूश्मा नगरपालिका,तत्कालीन जिल्ला विकास समिति र लोकतान्त्रिक गैरसरकारी संस्था महासघले  राम्रो समन्वय गरेका थिए । छात्रावास वनेपछि यहाँ अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुले राहातको महसुस गरेका छन् । उक्त स्रोत कक्षामा २१ जना दृष्टिविहिन बालबालिका अध्ययनरत छन् ।

यो भवनमा भने १४ जनाले आवसिय सुबिधा प्राप्त गर्ने बिद्यालयले जनाएको छ । यसअघि भाडाको घरमा कोचिएर बस्दै आएका विद्यार्थीहरु अहिले विद्यालयको प्रागंढमै भवन बनेपछि सहज भएको वताउँछन् ।प्लान ईण्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा उक्त छात्रावास भवन बनेको हो । स्थानीय गैह्रसकारी संस्था ईन्प्रेड नेपाललले भवन निर्माणको संयोजन गरेको थियो ।

छात्रावास पाएपछि अहिले निकै सहज भएको छ दृष्टिविहिन बिद्यार्थी कुसुम गौतमले भनिन्,’ भाडाको घरमा बस्दा शौचालय जाँदा पनि लाईनमा बस्नुपथ्र्यो अहिले उक्त समस्या छैन । छात्रा छात्रका लागि अलग अलग शौचालय र स्नान कक्ष भएको छात्रावासले अहिले हाईसुख्ख भएको बिद्यालयका शिक्षक लेखनाथ उपाध्यायले वताए । उपाध्यायका अनुसार दुईवटा भान्साकोठा सहित छात्रावासमा ६ वटा कोठाहरु रहेका छन् । यसअघि विद्यालय सम्म आउन अरुकै साहरामा आउनुपर्ने समस्या थियो भने अहिले आफैँ सेतोछडीको साहराले वालवालिकाहरु छात्रावासमा पुग्न सक्छन् । बिद्यालयका प्राचार्य भुपेन्द्र चापागाईले सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै भवनको संभार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त भवन हस्तान्तरण तथा वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता शिवालय वहुमूखी क्याम्पसका अध्यक्ष गोविन्द पहाडीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here