१२ फागुन

नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकारको शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय गौरमा निवेदन दिएको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्रनं १ का प्रतिनिधि सभा सदस्य अनिल कुमार झाबाट आफुहरु असुरक्षित रहेको भन्दै नेपाल पत्रकार महासघ रौतहटका जिल्ला अध्यक्ष रबिन्द्र प्रसाद साहसहितको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय गौरमा निवेदन दर्ता गराएको हो ।

केहीदिनअघि पत्रकार संजय सहनीले एक अनलाइनमा झा को बिषयमा समाचार लेखेको र सोही समाचारका आधारमा झाले सहनीलाई फोनमा धम्की दिएको बिषयमा नेपाल पत्रकार महासंघले जारी गरेको प्रेस बिज्ञप्तीका आधारमा पत्रकारलाई ज्यान मार्ने धम्की आएपछि पत्रकारहरु सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र प्रसाद साह , सचिव राजु श्रेत्री र पत्रकार संजय सहनीलाई प्रतिनिधिसभा सदस्य झाको बिरोधमा समाचार लेखेको र समाचार लेख्ने पत्रकार सहनीलाई बचाउनका लागि विज्ञप्ति जारी गरेको भन्दै भारतको बिहारबाट ज्यानै लिने हस्तलिखित पत्र आएकाे थियाे ।

पत्र पाएलगत्तै पत्रकार महासंघ रौतहटले सुरक्षाको मागसहित झा माथि कार्वाहीको माग गरेको हो । बिहारको सितामडी जेलमा रहेका अपराधी संन्तोष मिश्राको नाममा तीनजना पत्रकारलाई ज्यान मार्ने धम्की आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here