९ फागून

समिर मल्ल
पातिचौर । कार्यालयमा निर्वाचित जनप्रतिनिधि र कर्मचारी उपस्थित नहुँदा पर्वतको मोदी गाउँपालिकाका सेवाग्राही समस्यामा परेका छन् ।
हप्तौ दिनसम्म पनि गाउँपालिकाका प्रमुख, उपप्रमुख, कार्यालय प्रमुख लगायत अन्य विभिन्न विषयगत कर्मचारी उपस्थित नहुँदा सेवाग्राहीहरु सेवा पाउनबाट बञ्चित बनेका हुन् । अध्यक्ष र उपाध्यक्ष भ्रमण वा विभिन्न औपचारिक कार्यक्रममा हिडिरहने तथा प्रशासकिय प्रमुख कार्यालयको काम देखाउँदै नियमित कार्यालयमा उपस्थित नभएपछि सेवा पाउन नसकिएको मंगलवार आएका सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
देउरालीको घुरुङ्गाबाट आएका एक सेवाग्राहीले तीन दिन सम्म धाउँदा पनि जनप्रतिनिधि र कार्यालय प्रमुख कसैलाई पनि भेट्न नसकेको गुनासो गरे । यसरी नियमित सेवा नपाउनुभन्दा स्थानिय तह भन्दा पहिलेकै अवस्था राम्रो भएको प्रतिकृया समेत दिए ।
कार्यालयमा रहेका तल्लो तहका कर्मचारीहरुले आफुहरुलाई जिम्मेवारी पनि नदिने कार्यालयमा पनि नवस्ने गर्दा निकै समस्या भएको बताएका छन् । उनिहरुले स्थानिय तह भएर पनि नागरिकका अपेक्षा पुरा गर्न नसकिएको गुनासो गरे । कार्यालय भन्दा बाहिर जानुपर्ने काम भए जिम्मेवारी दिएर जान सकिने भएपनि यो गाउँपालिकामा त्यसो नगर्ने गरिएको बताए ।
स्थानिय तहमा जनप्रतिनिधि नहुँदा नागरिकहरुले गुनासो खेपिरहेका बासिन्दाहरुलाई जनप्रतिनिधि आएपछि सहज हुन्छ भन्ने अपेक्षा गरिएपनि मोदीमा त्यो अनुभूति गर्न नपाएका अर्का सेवा ग्राही बिबस तिमिल्सिनाले बताए । उनले निर्वाचित भएका जनप्रतिनिधि र जिम्मेवार कर्मचारिहरु नियमित रुपमा कार्यालयमा बसेर सेवा गर्नुपर्नेमा त्यो हुन नसकेको गुनासो व्यक्त गरे । नियमित गर्नुपर्ने सिफारीस लगायतका कामहरु पनि अध्यक्षले सल्लाह गरौला,पछि सोधेर गरौला भनेर टार्ने गरेको आम नागरिकको गूनासो रहेको छ । कूनै पनि कमलाई सजिलै र सजह ढंगले नगरिदिदा आम सेवाग्राहीहरु मर्कामा परेका छन् ।
यसबारेमा सम्वन्धित व्यक्तिहरुसँग सम्पर्क गर्दा मोवाईल सम्पर्क हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here