९ फागुन

प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीले अाफ्नाे सरकारी निवास बालुवाटारमा पहिलाे पटक रात्री भाेजकाे अायाेजना गरेका छन्।  भाेजमा ओलीले एमाले स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरेका छन्। भोजको शुरुमै ओलीले पार्टी एकताकाे खुशीयाली साट्नका लागि भोज आयोजना गरेको बताएका थिए।

‘अन्य कुनै कारण छैन। पार्टी एकताकाे खुशियालीमा भाेज अायाेजना गरेकाे हाे’, अाेलीकाे भनाइ उदृत गर्दै स्राेतले भन्याे।  साेमबार एमाले र माअाेवादीले पार्टी एकीकरणकाे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। भाेजमा माअाेवादी नेताहरू भने निम्त्याइएका छैनन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here