८ फगुन

रोशन तिवारी  पर्वत । ६८ औँ प्रजातन्त्र दिवसको अवसरमा नेविसंघले अस्पतालका विरामी र कारागारका वन्दिहरुलाई फलफुल वितरण गरेको छ । गुप्तेश्वर वहुमुखी क्याम्पस ईकाई समितिको आयोजनामा विरामी र कैदीवन्दिलाई फलफुल वाँडिएको हो ।

अस्पतालमा भर्ना भएका ४ जना र जिल्ला कारागारमा रहेका ७५ जना वन्दिहरुलाई फलफुल वितरण गरिएको नेविसंघ ईकाइ अध्यक्ष शिशिर शर्मा पौडेलले जानकारी दिए । नेपाली काँग्रेस जिल्ला सभापती खिमप्रसाद भुसालको प्रमुख आतिथ्यतामा नेविसंघले फलफुल वितरण गरेको हो । नेविसंघले फलफुल वितरण गर्ने कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य सरस्वती शर्मा,माओबादी केन्द्रका कुश्मा नगर कमिटी अध्यक्ष शंकर गिरी, जिल्ला अस्पतालका अध्यक्ष राधा कुँवर क्षेत्री, कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्मा, ९ का वडाध्यक्ष कृष्णप्रसाद लामिछाने, नेविसंघका जिल्ला उपाध्यक्ष रामचन्द्र पौडेल ’आरसी‘ , नेविसंघका जिल्ला सचिव वरदान पौडेल स्ववियू सभापती शिशिर क्षेत्री, लगायतको सहभागिता थियो ।

गुप्तेश्वर वहुमुखी क्याम्पसका ईकाइ सभापती शिशिर शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष पाठकले गरेका थिए । प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरे अनुसार सोमवार फलफुल वितरण गरिएको हो। यसअघि आईतवार आन्तरिक हाजिरीजवाफ प्रतियोगिता भएको छ । मंगलवार घैँटो फुटाउने प्रतियोगिता र समापन कार्यक्रम रहेको नेविसंघ ईकाई सभापति शिशिर शर्मा पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here