८ फगुन
बाजुरा  बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । कोल्टीको दान साँघुदेखि मार्तडी आउँदै गरेको से १ ज ९४० नम्बरको जीप सोमवार राति ८ वजे तिर जिल्ला अस्पताल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते मध्ये २ जनाको रिफर गरिएको जनस्वास्थ्य अधिकृत रमेश कुवरले बताएका छन् । मृतक र घाइतेको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डीएसपी हरिबहादुर ओलीले बताएका छन् । जिल्ला अस्पताल को उकालोमा रोकेर ओट हाल्न चालक झरेपछि जिप पछाडि गएर दुर्घटना भएको हो । जीपमा सवार अरु सात जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here